कोरोना रूघाखोकी जस्तै हो, हाच्छ्युँ गरेर उडाइदिनु पर्छ: प्रधानमन्त्री ओली « Khabarhub

कोरोना रूघाखोकी जस्तै हो, हाच्छ्युँ गरेर उडाइदिनु पर्छ: प्रधानमन्त्री ओली


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रूघाखोकीजस्तै भएको जनाउँदै उच्च मनोबलले जितिने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु भन्ने सोच राख्न नहुने बताएका हुन् ।

कोरोनाले छुनेबित्तिकै मर्छु भनेर हिम्मत हार्न नहुने उनले बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भनेको रूघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ। तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ।’

प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध बच्नको लागि औषधीजन्य सन्तुलित आहारको पनि उचित ध्यान दिनुपर्ने बताएका छन् । उनले नियमित व्यायाम गर्न पनि सुझाएका छन् ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १० : ४५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्