भारी वर्षाले ३४ जिल्लामा बाढी-पहिरोको जोखिम उच्च, सतर्क रहन आह्वान « Khabarhub

भारी वर्षाले ३४ जिल्लामा बाढी-पहिरोको जोखिम उच्च, सतर्क रहन आह्वान


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न ३४ जिल्लामा भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जारी गरेको बिहान ५ बजेको सूचनामा पछिल्लो ६ घण्टामा  प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, झापा, धनकुटा, खोटाङ, भोजपुर र उदयपुरमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

यस्तै सप्तरी, सिरहा, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला, धादिङ, मकवानपुर, नुवाकोट, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा, कास्की, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, कैलाली, कञ्चनपुर,डोटी, डडेलधुरा, सुर्खेत र आसपास केहि स्थानमा मध्ययम देखि भारी वर्षा भईरहेको छ ।

ती जिल्लामा थप वर्षा हुने सम्भावना रहेको तथा  ती स्थान आसपास भई बहने स-साना नदीमा आकस्मिक बहाव अर्थात बाढी, कतिपय भू-भागमा डुबान र पहिरोकोसमेत जोखिम उच्च भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यो क्रम सोमबारसम्म नै जारी रहने भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ६ : ३० बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा