फरार प्रतिवादी पक्राउ « Khabarhub

फरार प्रतिवादी पक्राउ


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत उदयपुरबाट पाँच वर्ष दण्ड सजाय पाएका फरार एक प्रतिवादीलाई शुक्रबार जिल्ला प्रहरी कार्यलयले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा छ वर्षदेखि फरार रहँदै आएका उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका ३३ वर्षीय देव राई रहेका छन् । जिप्रकाका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार राईले छ वर्षअघि एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतबाट पाँच वर्षको जेलसजाय पाएका थिए ।

गोप्य सूचनाका आधारमा उनलाई शुक्रबार नगरपालिकाबाट पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ गरिएका फरार प्रतिवादी राईलाई शुक्रबारै जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ८ : ०९ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा