सञ्जय दत्तको पहिलो फिल्मको प्रिमियरमा किन एक सिट खाली ? « Khabarhub

सञ्जय दत्तको पहिलो फिल्मको प्रिमियरमा किन एक सिट खाली ?


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजभन्दा करिब ३९ वर्ष पहिले बलिउड चर्चित अभिनेता सञ्जय दत्तले फिल्मी क्षेत्रमा पहिलो कदम राखेका थिए ।

सन् १९८१ मा उनको पहिलो फिल्म रक्कि रिलिज भएको थियो । फिल्म रिलिज ताका सञ्जय निकै उत्साहित थिए । तर सोहि बेला उनकी आमा नरगिस दत्तको स्वास्थ्य चिन्ताजनक भएकाले उनको परिवार तनावग्रस्त थियो ।

आफ्नो पहिलो फिल्म रिलिजको उत्साहलाई सञ्जय र उनको परिवारले दबाउनु परेको थियो ।

रक्कि रिलिज हुनु केहिदिन अघि मात्र सञ्जयकी आमा नरगिस दत्तको मृत्यु भयो । तर फिल्मको रिलिज मिति तय भइसकेकाले यसलाई परिवर्तन गरिएन ।

रिलिजको केहि दिन अघि तय भएको प्रिमियर शो समेत परिवर्तन गरिएन । सोहि प्रिमियर शोको एक तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

जसमा सञ्जय दत्त र उनका पिता सुनिल दत्त एकआपसमा कुरा गरिरहेका देखिएका छन् । तर यस तस्बिरमा रोचक कुरा के छ भने उनीहरुबीचको एक सिटमा कुनै अतिथि छैनन् । यो सिट खाली छ ।

वरिष्ठ कलाकार र चर्चित ब्यत्तित्वले भरिएको प्रीमियर शोको पहिलो श्रेणिको एक सिट त्यो पनि सुनिल र सञ्जयबीचको सिट खाली हुनुले सबैलाई अचम्भित पारेको छ । तर यसको पछाडी एक मार्मिक प्रसंग छ ।

नरगिस दत्तलाई सन् १९८० मा प्याक्रियांजको क्यान्सर देखा परेको थियो । जसका कारण सन् १९८१ मे ३ मा उनको मृत्यु भयो । यो सञ्जयको फिल्म रिलिज हुनुभन्दा ४ दिन पहिलेको कुरा हो । छोराको पहिलो फिल्म हेर्न उत्साहित नरगिसले प्रिमियरको सय घण्टा अघि अन्तिम श्वास लिइन् ।

खासमा सञ्जयकी आमा नगरीसले बिरामी भएर अस्पतालमा रहेको बेला रक्किको प्रिमियर शोमा दुबैकाबीचमा बसेर सिट्टि बजाउने वचन दिएकी थिइन । तर त्यसो हुन पाएन ।

प्रिमियरको केहि दिन अघि मात्र उनको मृत्यु भयो । जसका कारण सञ्जय र सुनिलले उक्त प्रिमियर शोमा छोराको चलचित्र हेर्न नगरिसको आत्मा आउने विश्वासले आफुहरुबीचको एक सीट खाली राखेका थिए ।

रक्किमा सञ्जयका अलावा अभिनेत्री टीना मुनीम, शम्मी कपूर, राखी, रीना रोय लगायतका कलाकारको अभिनय रहेको छ । जसलाई सुनिल दत्त आफैले निर्देशन गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ९ : ५१ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा