ग्यास्ट्रिकबाट बच्न सुधार्नुहोस जीवनशैली « Khabarhub

ग्यास्ट्रिकबाट बच्न सुधार्नुहोस जीवनशैली


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आजकल हरेक दोश्रो मानिसमा ग्यास्ट्रिकको समस्या रहेको छ । अधिकाशं नेपालीको साझा रोग झै रहेको ग्यास्स्ट्रिक अर्थात ग्यास्ट्राइटिस आम समस्या बनेको छ ।

सहि समयमा खाना नखानु, सहि मात्रामा नखानु, चिल्लोपिरो नबार्नु र अव्यवस्थित जीवनशैलीका ग्यास्ट्राइटिसको समस्या देखा पर्दछ । पेटको समस्या भएकाले ग्यास्ट्राइटिसबाटै अनेकौं रोगहरु जन्मने गर्दछ । तसर्थ यो समस्या देखा परेमा तत्काल निम्न कुरामा ध्यान दिनु पर्दछ ।

१. ग्यास्ट्राइटिसको समस्या भएमा तत्काल एन्टिअक्सिडेन्टयुक्त खाद्यपदार्थ खानु पर्दछ । यसका लागी फलफूल, सागसब्जी, प्याज, लसुन, अदुवा, बेसार, कालो चामल उपयुक्त हुन्छ ।

२. यस्तोमा सकेसम्म भिटामिन सी, ए, फ्ल्याभोनोइड, क्यारोटेनोइड, फाइटोकेमिकलयुक्त खाद्यपदार्थको सेवन गर्नुपर्छ । यसले सुन्निएको पेटको भित्री तहलाई कम गर्छ ।

३. ग्यास्ट्राइटिसको समस्या भए प्रोबायोटिकयुक्त खाना खानु पर्दछ । यसले हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियालाई नष्ट पार्दछ । यो ग्यास्ट्राइटिस गराउने एक कारण हो ।

३. ग्यास्ट्राइटिसको समस्या हुदाँ लसुनको सेवन उपयुक्त हुन्छ । लसुनले पेटमा ग्यास्ट्राइटिसका कारण पर्न गएको असरलाई कम गर्न सहयोगी भूमिका खेल्दछ ।

४. यस समस्यामा फाइबरयुक्त खानाको सेवन उपयुक्त हुन्छ । यस प्रकारको खानाले ग्यास्ट्रिकका साथै पाचन प्रक्रियाको समस्या पनि समाधान गर्दछ । यसका लागी गहुँ, ब्राउन राइस, आलस, भिजाएको गेडागुडी, टुसा उमारिएका गेडागुडी खान सकिन्छ ।

५. यस अलावा राम्रो प्रोटीनको सेवन पनि स्वास्थ्यवद्र्धक मानिन्छ । अर्थात घाँस खाने पशु वा खुल्ला रुपमा पालिएका कुखुराको मासु, गेडागुडी स्वस्थकर प्रोटिनको स्रोत हुन् ।

ग्यास्ट्राइटिसको समस्याबाट बच्न तेलमा तारेको वा तेलयुक्त खानेकुरा खानु हुदैन । सकेसम्म ससेज, फ्राई आलु, चिप्स, समोसा नखानु उपयुक्त मानिन्छ । मासुमा पाइने बोसो पनि खानु हुदैन ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १० : २७ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध