एसिया ब्याडमिन्टनले भन्यो- प्रिन्स एसियाकै उत्कृष्ट जुनियर खेलाडी « Khabarhub

एसिया ब्याडमिन्टनले भन्यो- प्रिन्स एसियाकै उत्कृष्ट जुनियर खेलाडी


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्याडमिन्टन एसियाले नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएको बताएको छ।

एसिया ब्याडमिन्टनले प्रिन्सको लेख लेख्दै अहिलेको अवस्थामा प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको लेखेको छ।

ब्याडमिन्टन एसिया हरेक हप्ता एसियाली क्षेत्रका उत्कृष्ट खेलाडीको आर्टिकल सार्वजनिक गर्ने गरेको छ। जस अन्तरगत यो साता नेपालका प्रिन्सका आलेख सार्वजनिक गरेको हो।

जुनियर लेभलमा प्रिन्स विश्व वरियतामा शीर्ष सातौं स्थानमा रहेका छन्।

अन्तर्राष्ट्रिय स्तरमा प्रिन्सले गएको सेप्टेम्बरमा दुवई जुनियर इन्टरनेसनलमा प्रथम भएका थिए। यस्तै उनले नेपालमा र विदेशमा गरि दर्जनौं प्रतियोगितामा पदक जितिसकेका छन्।

दार्चुलाको खलंगामा जन्मिएका उनले विभिन्न उमेर समुहमा आफुलाई अब्बल सावित गरिसकेका छन् भने राष्ट्रिय च्याम्पियनको लक्ष्यमा रशेका छन्।

लामो समयको लकडाउन पछि अहिले ब्याडमिन्टनको अभ्यास सुरु भएको छ। प्रिन्स पनि अहिले अभ्यासमा व्यस्त छन्।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ११ : ०७ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको