बन्दाबन्दीको असर राजश्व सङ्कलनमा | Khabarhub Khabarhub

बन्दाबन्दीको असर राजश्व सङ्कलनमा


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कुल छ अर्ब ९५ करोड ७५ लाख ७२ हजार रूपैयाँ राजश्व सङ्कलन गरेको छ ।

सो अवधिमा १० अर्ब १२ करोड ५९ लाख दुई हजार रूपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्यमा राखिएको थियो । यो लक्ष्यभन्दा तीन अर्ब १६ करोड ८३ लाख ३० हजार रूपैयाँ कम हो ।

अघिल्लो वर्षको तुलनामा रु १५ करोड ५४ लाख १६ हजार कम राजस्व सङ्कलन भएको कार्यालय प्रमुख बिमल सापकोटाले जानकारी दिए ।

आर्थिक वर्ष २०७४/७५ मा पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार र आर्थिक वर्ष २०७५/७६ मा सात अर्ब १३ करोड ७८ लाख २४ हजार राजस्व सङ्कलन भएको थियो ।

तुलनात्मक रुपमा आर्थिक वर्ष २०७४/७५ को भन्दा एक अर्ब ७४ करोड ४२ लाख ५० हजारले बढी राजस्व सङ्कलन भएको छ भने आर्थिक वर्ष २०७५/७६ को हिसाबले १५ करोड ५४ लाख १६ हजारले कम राजस्व सङ्कलन भएको देखिएको छ ।

आर्थिक वर्ष २०७६/७६ मा सङ्कलित राजस्वमा आयकर दुई अर्ब ६४ करोड ६४ लाख ५७ हजार, मूल्यअभिवृद्धि कर एक अर्ब ८५ लाख ७३ लाख २३ हजार, अन्तःशुल्क दुई अर्ब ४५ करोड २६ लाख ६२ हजार, स्वास्थ्य कर ६१ हजार र शिक्षा कर १० लाख ६९ हजार छन् ।

आयकरतर्फ गत वर्षभन्दा १७ प्रतिशत, मूल्य अभिवृद्धि करमा ३५ प्रतिशत प्रगति भएको छ भने अन्तःशुल्कमा २८ प्रतिशत नोक्सान भए पनि समग्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा दुई प्रतिशत मात्र कमीले राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सापकोटाले बताए ।

नेपाल सरकारले गएको चैत ११ गतेबाट घोषणा गरेका बन्दाबन्दीको प्रभाव सबैभन्दा बढी अन्तःशुल्कमा परेको देखिएको छ भने जसले गर्दा लक्ष्य हासिल गर्न नसकेको हो ।

बन्दाबन्दीले आयातनिर्यात ठप्प हुनु, उद्योग व्यापार बन्द हुनु र स्वदेशमा भएको उद्योगधन्दा नचल्नु, निर्माणका काम रोकिनु जस्ता कारणले राजश्वमा असर परेको भएपनि कार्यालयले राजस्व सङ्कलनमा दिनरात खटेर, अनुगमन गरेर राजश्व सङ्कलनमा जोड दिएको प्रमुख सापकोटाको भनाइ छ ।

अघिल्लो वर्षमा कार्यालय मातहतमा ९६ हजार ५०८ करदाता रहेकोमा भ्याट दर्ता सङ्ख्या सात हजार ५३४, आयकर दर्ता सङ्ख्या ४८ हजार १९२ र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका सङ्ख्या ४८ हजार ३१६ रहेको थियो ।

अहिले यस कार्यालयले मोरङको विराट चोक र पथरीमा पनि आफ्ना कार्यालय विस्तार गरी त्यस क्षेत्रका जनतालाई सेवा दिइरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ११ : ०६ बजे

प्रधानमन्त्रीको तर्क- राष्ट्रवादी अडान र दृष्टिकोणको कारण राष्ट्रविरोधी तत्त्व एमालेविरुद्ध खनिए

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको

गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा

गाजामा इजरायली आक्रमण : २९ जनाको मृत्यु

गाजा– गाजा पट्टीमा बिहीबार भएका इजरायली हवाई आक्रमणमा कम्तीमा २९

अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी अजरबैजान लैजाने

सत्तारुढ कांग्रेसनिकट विद्यार्थीले घेरे प्रधानमन्त्री निवास, ८ जना पक्राउ 

काठमाडौं– नेपाल शिक्षक महासंघको काठमाडौंमा जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदर्शनमा