नेकपा सचिवालय बैठक अघि ओली-प्रचण्ड छलफलमा « Khabarhub

नेकपा सचिवालय बैठक अघि ओली-प्रचण्ड छलफलमा


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।

आज दिउँसो ३ बजे बोलाइएको सचिवालय बैठकअघि अध्यक्षद्वय आन्तरिक परामर्शमा जुटेका हुन् ।

त्यसअघि शनिबार बिहान प्रचण्डसहितका ५ जना शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायाणकाजी श्रेष्ठबीच खुमलटारमा छलफल भएको थियो ।

खुमलटारको छलफलमा गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ भने सहभागि भएनन् । त्यस्तै बालुवाटारमा पनि ओलीले रक्षामन्त्री समेत रहेका ईश्वर पोखेल, महासचिव विष्णु पौडेल, विष्णु रिमाललगायतका नेतासँग छलफल गरेका छन् ।

ओलीले बालुवाटार र प्रचण्डले खुमलटारमा कसरी अघि बढ्ने भन्नेमा परामर्श गरेको दुवै नेताका निकटस्थहरुले बताएका छन् ।

नेकपाले आन्तरिक विवादमा सहमति खोज्ने प्रयासस्वरुप स्थायी कमिटी बैठक रोकेर शनिबार सचिवालय बैठक बेलाएको हो । तर सचिवालय बैठकका एजेण्डा के हुन् भन्नेकुरा अहिलेसम्म कुनैपनि नेताहरुलाई जानकारी गराइएको छैन ।

‘बैठक त हो तर एजेण्डाबारे जानकारी आइसकेको छैन’, प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  २ : १० बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल