भीमेश्वर मन्दिर आजदेखि खुला « Khabarhub

भीमेश्वर मन्दिर आजदेखि खुला


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- कोरोना भइरसका कारण लकडाउनदेखि बन्द रहेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर दर्शन गर्न आजदेखि खुल्ला गरिएको छ ।

मन्दिरमा भीडभाड बढ्ने भएपछि लकडाउनदेखि नै बन्द रहेको मन्दिर ११५ दिनको बन्दपछि दर्शन गर्नका लागि आजदेखि मन्दिरको मूल ढोका खुला गरिएको छ ।

एक शिला तीन अवतारका रुपमा पूजा गरिने प्रसिद्ध भीमेश्वरको मन्दिर आजदेखि खुला गरिने भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र भीमेश्वर नगरपालिका–२ स्तरीय समितिको छलफलबाट खुला गर्ने निर्णय भएको वडा नं २ का वडाध्यक्ष विराजमान श्रेष्ठले बताए ।

मन्दिर चैत ११ गतेदेखि बन्द गरिएको थियो । मन्दिरको मुख्य बाहिरी गेट खुला गरिएको भए तापनि भित्री मुख्य मूलद्वार भने बन्द नै रहेको छ ।

मन्दिर परिसरमा भित्र पसेर घुमेर दर्शन गर्न सकिने व्यवस्था मिलाइएको छ । दोलखाबजारमा वर्षभरि मनाइने जात्रापर्वहरु खुलाउनका लागि मन्दिर घुमाउनै पर्ने बाध्यता रहेका कारण मन्दिर दर्शनका लागि खुला गरिएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्ययवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए ।

कोरोना भाइसरको जोखिम रहेका कारण दर्शनार्थीलाई सानिटाइजरको प्रयोग, साबुनपानीले हात धुने व्यवस्था गरी दर्शनका लागि व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ३ : ४१ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको