नेकपाको सचिवालय बैठक पनि निष्कर्षविहीन « Khabarhub

नेकपाको सचिवालय बैठक पनि निष्कर्षविहीन


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ । बैठकमा सहमतिका साथ पार्टी एकतालाई मजबुद बनाउने गरी छलफल भएको प्रवक्ता नारायण काजी श्रेष्ठले भने ।

उनले भने, ‘ आजको बैठकमा अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्नेगरि पार्टीको आन्तरिक संकटलाई सहमतिको आधारमा कसरी सम्बोधन र समाधान गर्ने भन्ने बारेमा छलफल भयो । दुई अध्यक्ष र अन्य नेताबीच छलफल भइरहेको र सचिवालयले अझै छलफल गरेर पार्टी एकतालाई मजबुद बनाउने भन्ने विषयमा कुराकानी भयो । नेकपाले प्राप्त जनादेश अनुसार अघि बढ्ने निष्कर्ष निकालिएको छ ।’

त्यस्तै पार्टीमा देखिएको संकट र विवाद समाधानका लागि थप छलफल गर्दै गर्ने विषयमा समेत बैठकमा सहमति भएको प्रवक्ता श्रेष्ठले बताए ।

‘पार्टी एकता रक्षा र सुदृढ गर्ने, नेपाली समाजको आवश्यकतालाई सम्बोधन गर्न जनताले दिएको जनादेश अनुसार नै काम गर्ने गरी पार्टीको संकट निवारण गर्न थप छलफल गर्ने निष्कर्ष निकालिएको छ,’ श्रेष्ठले भने ।

उनले भोलि पूर्वनिर्धारित स्थायी कमिटीको बैठक बस्ने पनि श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ७ : ३२ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल