नेकपाको सचिवालय बैठक पनि निष्कर्षविहीन « Khabarhub

नेकपाको सचिवालय बैठक पनि निष्कर्षविहीन


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ । बैठकमा सहमतिका साथ पार्टी एकतालाई मजबुद बनाउने गरी छलफल भएको प्रवक्ता नारायण काजी श्रेष्ठले भने ।

उनले भने, ‘ आजको बैठकमा अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्नेगरि पार्टीको आन्तरिक संकटलाई सहमतिको आधारमा कसरी सम्बोधन र समाधान गर्ने भन्ने बारेमा छलफल भयो । दुई अध्यक्ष र अन्य नेताबीच छलफल भइरहेको र सचिवालयले अझै छलफल गरेर पार्टी एकतालाई मजबुद बनाउने भन्ने विषयमा कुराकानी भयो । नेकपाले प्राप्त जनादेश अनुसार अघि बढ्ने निष्कर्ष निकालिएको छ ।’

त्यस्तै पार्टीमा देखिएको संकट र विवाद समाधानका लागि थप छलफल गर्दै गर्ने विषयमा समेत बैठकमा सहमति भएको प्रवक्ता श्रेष्ठले बताए ।

‘पार्टी एकता रक्षा र सुदृढ गर्ने, नेपाली समाजको आवश्यकतालाई सम्बोधन गर्न जनताले दिएको जनादेश अनुसार नै काम गर्ने गरी पार्टीको संकट निवारण गर्न थप छलफल गर्ने निष्कर्ष निकालिएको छ,’ श्रेष्ठले भने ।

उनले भोलि पूर्वनिर्धारित स्थायी कमिटीको बैठक बस्ने पनि श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ७ : ३२ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको