हालसम्म बागमती प्रदेशका ८५३ मा कोरोना पुष्टि « Khabarhub

हालसम्म बागमती प्रदेशका ८५३ मा कोरोना पुष्टि


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितकाे संख्या ८५३ पुगेकाे छ। शनिबार दुई जनामा संक्रमण भएसँगै संक्रमितको संख्या ८५३ पुगेको हो।

पछिल्लो २४ घण्टामा नुवाकोटमा एक जना र मकवानपुरमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

संक्रमितमध्ये चार सय ३२ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार बागमती प्रदेशको रसुवा जिल्ला कोरोनामुक्त भएको छ।

प्रदेशमा ४ सय १२ जना संक्रमित विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्। यस्तै कोरोना भाइरस संक्रमणबाट ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ४६, ललितपुरमा ७५, भक्तपुरमा ४९ जना संक्रमित भएका छन्।

दोलखामा सबैभन्दा कम अर्थात् १० जनामा संक्रमण देखिएको छ। यस्तै नुवाकोटमा ३५, धादिङमा एक सय ३०, चितवनमा एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सिन्धुलीमा २४, मकवानपुरमा ३८, रामेछापमा ३३, काभ्रेमा २० र सिन्धुपाल्चोकमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले शनिबार जारी गरेको तथ्यांकमा उल्लेख छ ।

नेपालमा शनिबारसम्म कोरोना संक्रमितको कुल संख्या १७ हजार ५०२ पुगेको छ। हालसम्म कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ९ : ३५ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु