हालसम्म बागमती प्रदेशका ८५३ मा कोरोना पुष्टि « Khabarhub

हालसम्म बागमती प्रदेशका ८५३ मा कोरोना पुष्टि


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितकाे संख्या ८५३ पुगेकाे छ। शनिबार दुई जनामा संक्रमण भएसँगै संक्रमितको संख्या ८५३ पुगेको हो।

पछिल्लो २४ घण्टामा नुवाकोटमा एक जना र मकवानपुरमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

संक्रमितमध्ये चार सय ३२ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार बागमती प्रदेशको रसुवा जिल्ला कोरोनामुक्त भएको छ।

प्रदेशमा ४ सय १२ जना संक्रमित विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्। यस्तै कोरोना भाइरस संक्रमणबाट ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ४६, ललितपुरमा ७५, भक्तपुरमा ४९ जना संक्रमित भएका छन्।

दोलखामा सबैभन्दा कम अर्थात् १० जनामा संक्रमण देखिएको छ। यस्तै नुवाकोटमा ३५, धादिङमा एक सय ३०, चितवनमा एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सिन्धुलीमा २४, मकवानपुरमा ३८, रामेछापमा ३३, काभ्रेमा २० र सिन्धुपाल्चोकमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले शनिबार जारी गरेको तथ्यांकमा उल्लेख छ ।

नेपालमा शनिबारसम्म कोरोना संक्रमितको कुल संख्या १७ हजार ५०२ पुगेको छ। हालसम्म कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ९ : ३५ बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार