इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश « Khabarhub

इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इटालियन क्लव इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा युक्रेनी क्लब शख्तर डोनेस्कलाई ५–० गोल अन्तरले हराउँदै इन्टर फाइनलमा प्रवेश गरेको हो ।

इन्टरको जितमा लौटारो मार्टिनेज र रोमेलु लुकाकुले दुई/दुई गोल गरे भने ड्यानिलो डी आम्ब्रोसियोले थप एक गोल गरे ।

खेलमा अग्रता इन्टरले मार्टिनेजको गोलमा १९औं मिनेटमा लिएको थियो । ड्यानिलोले ६४औँ मिनेटमा इन्टरको अग्रता दोब्बर बनाए । मार्टिनेजले त्यसको १० मिनेटपछि ७४औँ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–० ले अघि बढाए ।

खेलको ७८औं र ८३औं मिनेटमा दुई गोल गर्दै लुकाकुले इन्टरलाई ५-० को जित सुनिश्चित गरे । इन्टरले अब उपाधिका लागि शुक्रबार सेभिल्लासंग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ६ : ०२ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक