कोरोनाविरूद्धको चिनियाँ खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक, वैज्ञानिक उत्साहित « Khabarhub

कोरोनाविरूद्धको चिनियाँ खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक, वैज्ञानिक उत्साहित


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसविरूद्धको चिनयाँ खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक पुगेपछि वैज्ञानिकहरू उत्साहित भएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कोरोनाविरूद्धको चिनियाँ खोप दोस्रो चरणको परीक्षणमा पनि आशाजनक र प्रभावकारी देखिएपछि त्यसको विकासमा संलग्न वैज्ञानिकहरू उत्साहित भएका हुन् ।

दोरो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ले खोप सुरक्षित र प्रभावकारी देखिएको र प्रतिरोधी क्षमता विकास गरेको चिनियाँ वैज्ञानिकहरूले दावी गरेका छन् ।

उक्त खोपको दोस्रो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ अमेरिकी मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशन गरिएको छ ।

उक्त खोपको चिनियाँ नेसनल बायोटेक ग्रुपको वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सअन्तर्गत सिनोफार्मले विकास गर्दैछ ।

ट्रायलमा १८ देखि ५९ वर्ष उमेर समूहका ३२० जना स्वस्थ्य स्वयंसेवीलाई सहभागी गराइएको थियो । जसमध्ये ९६ जनाले पहिलो चरणमा तथा २२४ जना दोस्रो चरणको ट्रायलमा भाग लिएका थिए ।

जर्नलमा प्रकाशित विवरण अनुसार खोप लगाइएको भागमा दुखाइ भएर केही समय ज्वरो आए पनि  स्वतः निको भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ६ : २० बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र