पोखराका १५ जनासहित गण्डकीमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

पोखराका १५ जनासहित गण्डकीमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोखराका १५ जनासहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार राति १७ जना र मंगलबार बिहान ८ जना गरी गण्डकी प्रदेशका २५ जना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७६४ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मंगलबार बिहान कास्कीका ४, नवलपुरका २ र बागलुङका २ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका कास्कीका सबै पोखरा महानगरपालिकाका हुन् । संक्रमित हुनेमा पोखरा महानगरपालिकाका वडा नखुलेका वर्ष ५० र २५ का दुई महिला तथा महानगरको वडा नम्बर ६ का वर्ष २३ र २८ वर्षका २ पुरूष छन् ।

यस्तै बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती नगरपालिका वडा नम्बर २ मा १४ वर्षीया वालिका र ३७ वर्षीया महिलामा संक्रमण देखिएको छ ।

बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ मा ६ वर्षीय बालक र २५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

यसअघि सोमबार राति गण्डकी प्रदेशमा १७ जना संक्रमित थपिएका थिए । सोमबार राति कास्कीका ११ जना, तनहुँका २ जना, नवलपुर, लमजुङ, बाग्लुङ र स्याङ्‌जाका एक/एक जनामा संक्रमण पुष्टि भएको थियो ।

सोमबार रातिको विवरणअनुसार बागलुङ नगरपालिकाको वडा नखुलेका २६ वर्षीय एक पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

नवलपुरको विनय त्रिवेणीको वडा नम्बर १ मा २८ वर्षीय पुरूष, लमजुङ दोर्दी गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय र स्याङ्जाको पुतलीबजार नगरपालिकामा ६० वर्षीय एक पुरुषमा संक्रमण देखिएको थियो ।

तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ का २३ र ३१ वर्षीय २ महिलामा पनि संक्रमण पुष्टि भएको छ । सोमबार राति संक्रमण पुष्टि भएका बाँकी ११ जना भने कास्कीका पोखरा महानगरपालिका हुन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ७ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै