कुवेतमा अलपत्र नेपालीको बिलौना : खानलाई पैसा छैन, पटक-पटक आग्रह गर्दा पनि कसैले सुनेनन् « Khabarhub

कुवेतमा अलपत्र नेपालीको बिलौना : खानलाई पैसा छैन, पटक-पटक आग्रह गर्दा पनि कसैले सुनेनन्



दोहा- काठमाडौंस्थित एसआरके नेपाल मेनपावरमार्फत १८ महिना अघि कुवेत पुगेका ३३ नेपाली बिचल्लीमा परेका छन् ।

कुवेतस्थित अल राकिव बिल्डिंग कंस्ट्रक्शन कम्पनीमा उनीहरु बिगत ६ महिनादेखि अलपत्र अवस्थामा छन् ।

सुनौलो भविष्यको सपना बोकेर कुवेत पुगेका रोल्पाका प्रकाश मगर भन्छन्, ‘मेनपावरले भने अनुसार यहाँ न त काम पाइयो न त दाम नै, कोरोना कहरबीच १० घण्टा काम लगाए पनि पैसा पाएका छैनौं, आज दिन्छु भोलि दिन्छु भन्दै ६ महिना बितिसक्यो, हात-मुखको जोहो गर्न पनि धौ-धौ को अवस्था छ ।’

उक्त कम्पनीमा काम गर्ने ३३ जना नेपाली कामदारहरुको अवस्था नाजुक बन्दै गएको मगर बताउँछन् ।

पीडितहरुका अनुसार अहिलेसम्म केही नेपाली संघ सस्थाले खाद्यन उपलब्ध गराए पनि त्यो खाद्यन सकिएको र अन्य खानेकुरा किन्न आफूहरुसँग पैसा नहुँदा कसरी बाच्ने हो भन्ने पिरलो परेको छ ।

उनीहरु भन्छन्, ‘ यो अवस्थामा नेपाल सरकारले हामीलाई छिटो भन्दा छिटो उद्धार गरोस् ।’

अफूहरू घर फर्कन चाहेको भएपनि कम्पनीले कुनै चासो नदेखाएको उनीहरुको भनाइ छ । केहि दिनदेखि आफूहरुले राम्रोसँग खाना खान समेत नपाएको उनीहरु बताउँछन् ।

आफूहरुले केही राहत मिल्छ कि भन्ने हेतुले कुवेतस्थित नेपाली दूतावासमा पटक-पटक जानकारी गराउँदा दूतावासका कर्मचारीहरु कोठामै आएर समस्या देखेर जाँदा समेत उद्धारको आश्वासन बाहेक केही नपाएको उनीहरुको गुनासो छ ।

कुवेतको लेबरकोटमा सम्पर्क गर्दा पनि कुनै सुनुवाइ नभएकोमा पीडितहरुले बताए ।

म्यानपावरमा सम्पर्क गर्दा सहयोग गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कसैले केही नगरेको उनीहरुको भनाइ छ ।

आफूहरुको एउटा सानो कोठामा १९-२० जना बस्नु परेका कारण कष्टकर जीवन बिताउन बाध्य भएको उनीहरु बताउँछन् ।

यता, वैदेशिक रोजगारीको शिलशिलामा प्रवासमा रहेका नेपालीहरुको छाता संगठन एनआरएन कुवेतले पनि आफूहरुको उद्धारका लागि नामावली लिएको तर अहिलेसम्म कुनै सहयोग नपाएको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ७ : ५२ बजे

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु