विश्वभर २ करोड २० लाखभन्दा बढीलाई कोरोना संक्रमण « Khabarhub

विश्वभर २ करोड २० लाखभन्दा बढीलाई कोरोना संक्रमण


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ ।

एकैदिन १ लाख ९१ हजार ५२१ जनामा संक्रमण पुष्टि भएपछि मंगलबार बिहान यो समाचार तयार पार्दा सम्म कोरोना संक्रमितको संख्या २ करोड २० लाख ४१ हजार ३०४ पुगेको छ ।

यस्तै एकै दिन थप ४ हजार ८३ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ७७ हजार १९४ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ४७ लाख ८३ हजार ६७० जना संक्रमण मुक्त भएका छन् । निको हुनेको यो संख्या ६६ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ३७६ जनाको मृत्यु भएको छ । ३२ लाख ३ हजार ५११ जना संक्रमित भएकोमा १९ लाख १७ हजार ५८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४८ हजार ४६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६६ लाख १८ हजार ८५ पुगेको छ । त्यसमध्ये ३६ लाख ४४ हजार ५८६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख २१ हजार ५२४ जनाको मृत्यु भएको छ । ५७ लाख ३८ हजार २२२ जना संक्रमित भएकोमा ४४ लाख ६६ हजार ७२६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ७७ हजार ४२३ जनाको मृत्यु भएको छ । ५३ लाख २२ हजार ८६७ जना संक्रमित भएकोमा ३८ लाख ८८ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २५ हजार ९४२ जनाको ज्यान गएको छ भने ११ लाख ३२ हजार १०१ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ४९ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४४७ जनाको मृत्यु भएको छ । २५ हजार ७९७ जना संक्रमित भएकोमा १६ हजार २९० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ६ : ५१ बजे

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

एजेन्सी– न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र

बाग्मतीमा राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न अध्यक्ष लिङदेनको सिफारिस

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती सरकारमा सहभागी भएका आफ्नो

नयाँ विकास आयोजना समयमै कार्यान्वयन गर्न पहल गर्छु : हरि ढकाल

नारायणगढ– सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा