विश्वभर २ करोड २० लाखभन्दा बढीलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

विश्वभर २ करोड २० लाखभन्दा बढीलाई कोरोना संक्रमण


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ ।

एकैदिन १ लाख ९१ हजार ५२१ जनामा संक्रमण पुष्टि भएपछि मंगलबार बिहान यो समाचार तयार पार्दा सम्म कोरोना संक्रमितको संख्या २ करोड २० लाख ४१ हजार ३०४ पुगेको छ ।

यस्तै एकै दिन थप ४ हजार ८३ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ७७ हजार १९४ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ४७ लाख ८३ हजार ६७० जना संक्रमण मुक्त भएका छन् । निको हुनेको यो संख्या ६६ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ३७६ जनाको मृत्यु भएको छ । ३२ लाख ३ हजार ५११ जना संक्रमित भएकोमा १९ लाख १७ हजार ५८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४८ हजार ४६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६६ लाख १८ हजार ८५ पुगेको छ । त्यसमध्ये ३६ लाख ४४ हजार ५८६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख २१ हजार ५२४ जनाको मृत्यु भएको छ । ५७ लाख ३८ हजार २२२ जना संक्रमित भएकोमा ४४ लाख ६६ हजार ७२६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ७७ हजार ४२३ जनाको मृत्यु भएको छ । ५३ लाख २२ हजार ८६७ जना संक्रमित भएकोमा ३८ लाख ८८ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २५ हजार ९४२ जनाको ज्यान गएको छ भने ११ लाख ३२ हजार १०१ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ४९ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४४७ जनाको मृत्यु भएको छ । २५ हजार ७९७ जना संक्रमित भएकोमा १६ हजार २९० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ६ : ५१ बजे

विद्यादेवी भण्डारीको निष्कर्ष : केपी ओली आफ्नै दस्तावेजको विचारविरुद्ध उभिनु भयो

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनःप्रवेश घोषणा गरिसकेकी छन्

काठमाडौंको गर्मी ! (तस्बिरहरू)

 काठमाडौं– मनसुनको समयमा पनि पर्याप्त पानी नपर्दा काठमाडौं उपत्यकामा गर्मी

एमाले बैठक : पूर्वराष्ट्रपति भण्डारीबारे स्पष्ट राजनीतिक निर्णय गर्न सुझाव

काठमाडौं – नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी

विचारका पछि नभई गुटका पछि लाग्दा पार्टी कमजोर बन्छ : नेता आचार्य

गण्डकी– नेपाली कांग्रेसका नेता महेश आचार्यले विचारका पछि नभई गुटका

विश्वेश्वरप्रसाद कोइरालाको विविध साहित्यिक आयाम तथा योगदान

लेखसार* : प्रस्तुत लेखमा विश्वेश्वरप्रसाद कोइरालाको विविध साहित्यिक आयामका बारेमा