एनआरएनए कतारले अलपत्र १४ नेपालीको उद्धार गरी स्वदेश पठायो « Khabarhub

एनआरएनए कतारले अलपत्र १४ नेपालीको उद्धार गरी स्वदेश पठायो



दोहा-  एनआरएन कतारले उद्धारको प्राथमिकतामा परेर पनि हवाई भाडा जुटाउन नसकेका अलपत्र १४ नेपालीको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ ।

कोरोना भाइरस कोभिड-१९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाइभाडा जुटाउन नसकेका उनीहरुलाई नेपाल फिर्तीका लागि हवाई टिकट सहयोग गरेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमान जानकारी दिए ।

उनका अनुसार कतारस्थित नेपाली दूतावासको संरक्षकत्व तथा सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली व्यवसायी संघ कतार द्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निर्णय अनुसार दुई चरणमा गरी १४ जनालाई हवाई टिकट उपलब्ध गराइएको हो ।

पहिलो चरण जुलाई १८ तारिखमा दुबै मिर्गौला गुमाई लामो समयदेखि अस्पतालमा उपचाररत कपिलवस्तुका अब्दुल मुगिस मु र दार्चुलाका कमान सिंङ महरलाई निशुल्क हवाई टिकट उपलब्ध गराई नेपाल पठाएको उनले बताए ।

यस्तै, जुलाई १९ तारिखमा लामो समयदेखि एनसीसीको सेल्टरमा रहेका संखुवासभाका साल बाहदुर कार्की र सप्तरीका रामप्रीत ठाकुरलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाइएको जनाएको छ ।

दोश्रो चरण अगष्ट १४ तारिखमा सर्लाहीका राम दुलार चौधरी, उदयपुरकी ज्ञानुका पोख्रेल, ईलाम कृष्णा राई, कपिलवस्तुका मोहम्मद खुरसिद, मोरङका ईश्वर कुमार श्रेष्ठलाई निशुल्क हवाई टिकट उपलब्ध गराई स्वदेश पठाएको छ ।

यसैगरी, अर्घखाँचीका अनीश मियाँ, झापाका रामचन्द्र राजबंसी, कपिलवस्तुका गुरू प्रसाद चौधरी, धनुषाका अजिज अन्सारी तथा सिरहाका चन्द्र बहादुर मगरलाई निशुल्क हवाई टिकट उपलब्ध गराई नेपाल पठाएको अध्यक्ष मुसलमानले बताए ।

उनले अन्य अलपत्रहरु नेपालीहरुको उद्धार तथा राहतमा एनआरएन कतार कटिवद्ध रहेको जानकारी दिए ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ८ : ४९ बजे

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले