अभिभावकको विदेशमा मृत्यु, स्वदेशमा परिवारको पीडा | Khabarhub Khabarhub

अभिभावकको विदेशमा मृत्यु, स्वदेशमा परिवारको पीडा


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- रोल्पा नगरपालिका वडा नं २ का यमबहादुर महरा वैदेशिक रोजगारीमा गएको केही महिनामै मृत्यु भयो । २० वर्षको कलिलो उमेरमा तीन र एक वर्षका दुई छोरी र श्रीमतीलाई छाडेर रोजगारीका लागि मलेसिया गएका महराको विदेशमा अचानक मृत्यु भयो ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण ऋण काढेर मलेसिया पुगेका महराको तीन महिनामा रातो बाकसमा शव नेपाल आयो । कलिला दुई छोरीको लालनपालन र विदेश जाँदाको ऋण तिर्न गाह्रो भएको पीडा श्रीमती भावना वलीको छ ।

सदरमुकाम लिवाङमा दुई छोरीलाई लिएर सँगै बस्दैआएकी भावनाले भन्छिन, ‘ सिलाइकटाइ गर्दै बच्चाहरु पालनपोषण गरेकी छु, बच्चाहरु ठूला हुँदै छन्, पढाइ खर्च पुर्‍याउनै गाह्रो छ ।’

साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय करेन्टमा परेर रोल्पा परिवर्तन गाउँपालिका –१ कुरेलीका २३ वर्षीय रामचन्द्र पुनको पनि गत असारमा मृतयु भयो । विदेश जाने युवाको सङ्ख्या घट्दै गए पनि मृत्यु हुनेको सङ्ख्या भने घट्न सकेको छैन ।

महरा र पुन त रोल्पाका प्रतिनिधि पात्र मात्रै हुन् । स्वेदशमा रोजगारीको सम्भावना नभएपछि विदेश जान बाध्य युवा हरेक वर्ष रातो बाकसमा फर्कने गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ सम्म वैदेशिक रोजगारीका सिलसिलमा २९ जनाले खाडी मुलकमा ज्यान गुमाएका थिए । यसैगरी आव २०७६/०७७ मा खाडी गएका पाँच जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

नेपालमा नै रोजगारी नभएर युवा विदेशिनुपरेको नेकपाका जिल्ला सचिव हरि घर्ती बताउँछन् । सरकारले युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याएर उत्पादनमा लगाएमा मात्रै विदेशिने क्रम रोकिने उनको विचार छ ।

उनका अनुसार रोल्पाका धैरैजसो आर्थिक स्थिति कमजोर भएका युवा वैदेशिक रोजगारीमा छन् । तेस्रो मुलुक गएका मात्र नभएर भारतबाट आएकालाई पनि पहिचान गरी आर्थिक अवस्था कमजोर रहेका परिवारलाई राहतको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

द्वन्द्वकालमा बढी पीडित, शिक्षाको अवसरबाट टाढा रहेका र नियमित पढ्न जानबाट वञ्चित अधिकांश युवा राहदानी लिन आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माले जानकारी दिए । बैंकमा खाता खोलेका ३१ मृतकका आफन्तले राहत पाइरहेको समेत शर्माले बताए । ‘कतिपयको खाता खोल्न बाँकी नै रहेको छ’, उनले भने ।

गरीबी र अशिक्षाका कारण विदेशिन बाध्य रोल्पालीमध्ये अधिकांशले अदक्ष श्रमिकका रुपमा जोखिमपूर्ण काम गर्दै आएका छन् । जोखिमपूर्ण कामकै सिलसिलामा हरेक वर्ष ठूलो सङ्ख्यामा तन्नेरीहरु मृत्यु, घाइते र अङ्गभङ्ग भएर स्वदेश फर्किने गरेका छन् ।

यसरी विदेशिनेमध्ये अधिकांश १८ देखि ३० वर्ष उमेर समूहका रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा कुल दुई लाख २४ हजार ५०६ जनसङ्ख्या रहेकामा करीब ४० हजार युवा वैदेशिक रोजगारीका लागि भारतलगायत तेस्रो मुलुक जाने गरेका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतबाट हालसम्म दुई हजार २७३ र वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक पुगेका २४३ जना जिल्लामा फर्किसकेका छन् ।

यसरी विदेश जानेमध्ये १५ प्रतिशत महिला रहेको बताइएको छ । शुरुआतमा पुरुष मात्र विदेश जाने गरेकामा पछिल्ला दिनमा महिलासमेत जान थालेका छन् । घरमा कमाइ गर्ने पुरुष नभएका परिवारबाट महिलासमेत विदेश गएर काम गर्न बाध्य छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ११ : ४१ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र