अभिभावकको विदेशमा मृत्यु, स्वदेशमा परिवारको पीडा « Khabarhub

अभिभावकको विदेशमा मृत्यु, स्वदेशमा परिवारको पीडा


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- रोल्पा नगरपालिका वडा नं २ का यमबहादुर महरा वैदेशिक रोजगारीमा गएको केही महिनामै मृत्यु भयो । २० वर्षको कलिलो उमेरमा तीन र एक वर्षका दुई छोरी र श्रीमतीलाई छाडेर रोजगारीका लागि मलेसिया गएका महराको विदेशमा अचानक मृत्यु भयो ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण ऋण काढेर मलेसिया पुगेका महराको तीन महिनामा रातो बाकसमा शव नेपाल आयो । कलिला दुई छोरीको लालनपालन र विदेश जाँदाको ऋण तिर्न गाह्रो भएको पीडा श्रीमती भावना वलीको छ ।

सदरमुकाम लिवाङमा दुई छोरीलाई लिएर सँगै बस्दैआएकी भावनाले भन्छिन, ‘ सिलाइकटाइ गर्दै बच्चाहरु पालनपोषण गरेकी छु, बच्चाहरु ठूला हुँदै छन्, पढाइ खर्च पुर्‍याउनै गाह्रो छ ।’

साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय करेन्टमा परेर रोल्पा परिवर्तन गाउँपालिका –१ कुरेलीका २३ वर्षीय रामचन्द्र पुनको पनि गत असारमा मृतयु भयो । विदेश जाने युवाको सङ्ख्या घट्दै गए पनि मृत्यु हुनेको सङ्ख्या भने घट्न सकेको छैन ।

महरा र पुन त रोल्पाका प्रतिनिधि पात्र मात्रै हुन् । स्वेदशमा रोजगारीको सम्भावना नभएपछि विदेश जान बाध्य युवा हरेक वर्ष रातो बाकसमा फर्कने गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ सम्म वैदेशिक रोजगारीका सिलसिलमा २९ जनाले खाडी मुलकमा ज्यान गुमाएका थिए । यसैगरी आव २०७६/०७७ मा खाडी गएका पाँच जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

नेपालमा नै रोजगारी नभएर युवा विदेशिनुपरेको नेकपाका जिल्ला सचिव हरि घर्ती बताउँछन् । सरकारले युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याएर उत्पादनमा लगाएमा मात्रै विदेशिने क्रम रोकिने उनको विचार छ ।

उनका अनुसार रोल्पाका धैरैजसो आर्थिक स्थिति कमजोर भएका युवा वैदेशिक रोजगारीमा छन् । तेस्रो मुलुक गएका मात्र नभएर भारतबाट आएकालाई पनि पहिचान गरी आर्थिक अवस्था कमजोर रहेका परिवारलाई राहतको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

द्वन्द्वकालमा बढी पीडित, शिक्षाको अवसरबाट टाढा रहेका र नियमित पढ्न जानबाट वञ्चित अधिकांश युवा राहदानी लिन आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माले जानकारी दिए । बैंकमा खाता खोलेका ३१ मृतकका आफन्तले राहत पाइरहेको समेत शर्माले बताए । ‘कतिपयको खाता खोल्न बाँकी नै रहेको छ’, उनले भने ।

गरीबी र अशिक्षाका कारण विदेशिन बाध्य रोल्पालीमध्ये अधिकांशले अदक्ष श्रमिकका रुपमा जोखिमपूर्ण काम गर्दै आएका छन् । जोखिमपूर्ण कामकै सिलसिलामा हरेक वर्ष ठूलो सङ्ख्यामा तन्नेरीहरु मृत्यु, घाइते र अङ्गभङ्ग भएर स्वदेश फर्किने गरेका छन् ।

यसरी विदेशिनेमध्ये अधिकांश १८ देखि ३० वर्ष उमेर समूहका रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा कुल दुई लाख २४ हजार ५०६ जनसङ्ख्या रहेकामा करीब ४० हजार युवा वैदेशिक रोजगारीका लागि भारतलगायत तेस्रो मुलुक जाने गरेका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतबाट हालसम्म दुई हजार २७३ र वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक पुगेका २४३ जना जिल्लामा फर्किसकेका छन् ।

यसरी विदेश जानेमध्ये १५ प्रतिशत महिला रहेको बताइएको छ । शुरुआतमा पुरुष मात्र विदेश जाने गरेकामा पछिल्ला दिनमा महिलासमेत जान थालेका छन् । घरमा कमाइ गर्ने पुरुष नभएका परिवारबाट महिलासमेत विदेश गएर काम गर्न बाध्य छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ११ : ४१ बजे

अमेरिकासँग तनावले मानसिक दबाबमा इरानी खेलाडी, भन्छन् : देशको झन्डा ओढेर खुसी दिन सक्छौँ

तेहरान- अमेरिकासँगको तनावका कारण इरानका खेलाडीहरू मानसिक दबाब झेलिरहेका छन्।

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा 

काठमाडौं– संघीय संसद्का दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य

अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ

मुस्ताङ– यहाँस्थित नेपाली सेना र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)

सांसद राना भन्छन् : ‘स्वर्णिम’ बजेटले किसान र विपन्नलाई हेरेन, गरिबको जीवनस्तर सुधार्ने कार्यक्रम ल्याएन

काठमाडौं– नेपाली कांग्रेसका सांसद सन्दीप रानाले सरकारको बजेट ठूला लगानीकर्तामुखी

गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ