गोप्य सूचना चीनलाई बेचेको आरोपमा पूर्वसीआईए अधिकारी पक्राउ « Khabarhub

गोप्य सूचना चीनलाई बेचेको आरोपमा पूर्वसीआईए अधिकारी पक्राउ


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनका लागि जासूसी गर्ने पूर्व सीआईए अधिकारी पक्राउ परेका छन् । अमेरिकाको गुप्तचर संस्था सीआईएका सेवानिवृत्त एक अधिकारीले करिब दुई दशकसम्म चीनलाई गोप्य तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचना बेचेको पाइएको छ ।

चीनले जासूसी बढाइरहेको भनी अमेरिकाले आरोप लगाइरहेको बेलामा यो खुलासा भएको हो । अलेक्जेन्डर युक चिङ मालाई शुक्रवार हवाईमा पक्राउ गरिएको हो । उनले अर्का एक सेवानिवृत्त सीआईए अधिकारीसँग मिलेर अत्यन्तै गोप्य सूचना चीनका गुप्तचर अधिकारीहरूलाई उपलब्ध गराएको यूएस डिपार्टमेन्ट अफ जस्टिसले सोमवार जानकारी दियो ।

चिनियाँ जासूसीको सिलसिला निकै लामो छ र दुर्भाग्यवश पूर्व अमेरिकी गुप्तचर अधिकारीहरूले आफ्ना सहकर्मी, देश र यसका उदारवादी मूल्यमान्यतालाई धोका दिँदै निरंकुश कम्युनिस्ट शासनलाई सहयोग गरे,’ असिस्टेन्ट अटोर्नी जनरल फर नेसनल सेक्युरिटी जोन डेमेर्सले बताए ।

मा हङकङमा जन्मेर अमेरिकाको अंगीकृत नागरिकता लिएका व्यक्ति हुन् । उनले सन् १९८२ देखि १९८९ सम्म सीआईएमा काम गरेका थिए र त्यसपछि शांघाईतिर बसाइ सरेका थिए ।

सन् २००१ मा उनी चिनियाँ गुप्तचर अधिकारीहरूसँगको भेटपछि हवाईमा बस्न थालेका थिए । चिनियाँहरूले मालाई ५० हजार डलर नगद दिएको भिडियो समेत सार्वजनिक भएको छ ।

माले गोप्य दस्तावेज पाउनका लागि एफबीआईमा पहुँच बनाउन खोजेको बताइएको छ । उनलाई सन् २००४ मा होनोलुलु फील्ड अफिसमा भाषाविद्का रूपमा करारमा राखिएको थियो । उनले गोप्य सूचनाहरू कपी गरेको र चोरेको अनि चीन जाँदै ती दस्तावेज बुझाएको र नगद तथा महंगा उपहार लिएर फर्केको अमेरिकी सरकारको दाबी छ ।

एफबीआईले स्टिङ अपरेसन गरेर मालाई पक्राउ गरेको थियो । उनले सन् २०१९ को वसन्त ऋतुमा चिनियाँ गुप्तचर अधिकारी भन्ठानेको मानिसबाट २ हजार डलर लिएको र ६ दिनअघि पनि फेरि पैसा लिएको बताइन्छ ।

त्यतिखेर माले चिनियाँ सरकारलाई सहयोग गरिरहने र मातृभूमि सफल भएको हेर्न चाहेको बताएका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १२ : ०३ बजे

कला साहित्य डटकम प्रतिष्ठानद्वारा ‘राष्ट्रिय कलाश्री सम्मान’ प्रदान

काठमाडौं- नेपाली कला साहित्य डटकम प्रतिष्ठानले विभिन्न स्रष्टाहरूलाई राष्ट्रिय कलाश्री

खुल्यो तुम्लिङटार विमानस्थल

सङ्खुवासभा– प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल

चितवनमा रेनुको चुनावी अभियान : नयाँलाई होइन, काम गरेर देखाइसकेकालाई रोजौँ

चितवन- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र

नेप्से परिसूचक आठ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट भएको छ

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

काठमाडौं– नेपाल हक्की संघको आयोजनामा काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष