अमेरिकाको ‘डेथ भ्याली’, जहाँ पुग्यो पृथ्वीकै उच्च तापक्रम « Khabarhub

अमेरिकाको ‘डेथ भ्याली’, जहाँ पुग्यो पृथ्वीकै उच्च तापक्रम


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली राष्ट्रिय निकुञ्जमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम पुगेको छ ।

अमेरिकी राष्ट्रिय मौसम सेवाले गरेको मापनमा ५४.४ डिग्री सेल्सियस तापक्रम पुगेको छ । जुन पृथ्वीमा अहिलेसम्मकै उच्च तापक्रम हो ।

केही हप्तायता अमेरिकाको पश्चिमी क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ । आगामी साता अझै तापक्रम बढ्न सक्ने मौसमविदहरुले आँकलन गरेका छन् ।

शनिवार उच्च तापक्रमका कारण उर्जा कारखानामा समस्या देखिएपछि क्यालिफोर्नियामा दुई दिन विद्युत अवरुद्ध गरिएको थियो ।

डेथ भ्याली राष्ट्रिय निकुञ्जमा निकै गर्मी भएको त्यहाँ कार्यरत अधिकारीहरुले जनाएका छन् । त्यहाँ यति तातो छ कि, कसैले अनुहारमा केही तातो चीज फालेजस्तो हुन्छ ।

यसअघि सन् २०१३ मा उक्त क्षेत्रमा ५४ डिग्री सेल्सियस मापन गरिएको थियो । एक शताब्दीअघि त्यहाँको तापक्रम ५६.६ डिग्री सेल्सियससम्म पुगेको बताइन्छ । तर, यसलाई भने अहिलेसम्म आधिकारिक मानिएको छैन ।

अमेरिकामा गर्मीको कारणले ज्यान गुमाउने अरु मौसमका तुलनामा बढी भएको बताइन्छ । अत्याधिक गर्मी हुँदा शरीरमा पानीको मात्रा कम हुने र अन्य रोग पनि लाग्न सक्ने सम्भावना हुन्छ ।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १ : २३ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख