प्रतिरक्षा प्रणाली बढाउन खानुपर्ने ३ कुरा « Khabarhub

प्रतिरक्षा प्रणाली बढाउन खानुपर्ने ३ कुरा


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्षायाममा विभिन्न रोगहरुको संक्रमणदर उच्च हुन्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुमा यस्ता रोगको संक्रमण छिटै हुने गर्दछ । हाम्रा सानासाना लापरबाहि वा गल्तीहरुले हामीलाई रोगको संक्रमणको जोखिम उच्च बनाएको हुन्छ ।

त्यसैले, रोगको संक्रमण नहोस् भन्न हाम्रा शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउनु आवश्यक हुन्छ । यसका लागी हाम्रो खाना कस्तो छ भन्ने महत्वपुर्ण हुन्छ । अर्थात हामीले खाएको खानाले शरीरको प्रतिरक्षा प्रणाली बलियो पार्ने गर्दछ ।

तसर्थ हामीले खानामा निम्न कुरा समावेश गरे शरीरमा रोग प्रतिरोध क्षमता बलियो हुने गर्दछ ।

१. फाइबारयुक्त अन्न

गहुँ, जौ, मकै लगायतका अन्न स्वास्थ्यका लागि उपयोगी मानिन्छ । यि अन्नमा फाइबरको मात्रा पाइने भएकाले यसले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ । जसका कारण रोगको संक्रमणबाट बच्न सकिन्छ । यस अलावा फाइबरयुक्त खानाले कब्जियत हुँदैन ।

२. पानी
पानी तिर्खा मेटाउन मात्र होइन शरीर सञ्चालनका लागी समेत आवश्यक पर्दछ । पर्याप्त पानीको सेवनले शरीरबाट विकार निकाल्न मद्दत गर्दछ । साथै शरीरमा प्रतिरक्षा प्रणाली बढाउन समेत पानी महत्वपुर्ण हुन्छ । तर सकेसम्म चिसो पानी पिउनु हुदैन ।

३. तुलसी
धार्मिक महत्व बोकेको तुलसीमा विभिन्न औषधीय गुण रहेको हुन्छ । यो एक प्रकारको एन्टीबायोटिक पनि हो । यसको सेवनले शरीरको प्रतिरोधी क्षमता मजबुत बनाउने गर्दछ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  २ : ५१ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध