प्युठानमा राति १२ बजेदेखि पूर्ण रुपमा यातायात बन्द « Khabarhub

प्युठानमा राति १२ बजेदेखि पूर्ण रुपमा यातायात बन्द


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झिमरुक – प्युठानमा आज राति १२ बजेदेखि पूर्ण रुपमा सार्वजनिक तथा निजी यातायात बन्द गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा आज बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले सार्वजनिक तथा निजी सवारीसाधन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दर बढी भएका जिल्लाका व्यक्तिको आवातजावत प्युठानमा बढी हुन थालेपछि यातायात बन्द गर्न थालिएको जिल्ला प्रशासन कार्यालय प्युठानका सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताए ।

उनले भन्नुभयो,‘अत्यावश्यकबाहेक अन्य सवारीसाधन पूर्ण रुपमा बन्द हुनेछन् ।’ चाडपर्वका समयमा व्यक्तिको आवतजावत बढी हुने भएकाले यही भदौ १५ गतेसम यातायात बन्द गर्ने निर्णय गरिएको उनले बताए ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ४ : ०६ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक