सक्रिय संक्रमितमध्ये ११८ जना आइसीयूमा र ८ जनाको भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

सक्रिय संक्रमितमध्ये ११८ जना आइसीयूमा र ८ जनाको भेन्टिलेटरमा उपचार हुँदै


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा मंलबार देशभर रहेका १० हजार ५६३ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार काठमाडौं उपत्यकाका २०५ जना सहित १ हजार १६ जना संक्रमित थपिएका छन् ।

देशभर रहेका संक्रिय संक्रमित मध्ये २ हजार ८८७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्तत्रालयको तथ्यांकले देखाएको छ ।

यस्तै ६ हजार ७५२ जना संक्रमितहरु संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेका संक्रमितमध्ये  १२६ जनाको अवस्था स्वास्थ्य अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ अवस्था गम्भीर रहेका संक्रमित मध्ये ११८ जना आइसीयु र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश नम्बर १ मा ४ जना आइसीयुमा छन् । यस्तै प्रदेश २ मा ४६ जना, बागमती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १० जना आइसीयुमा रहेका छन् ।

यस्तै बागमती प्रदेशमा ८ जना संक्रमितहरु भेन्टिलेटरमा रहेका छन्।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ५ : १० बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६