काठमाडौं– नेपालमा मंलबार देशभर रहेका १० हजार ५६३ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार काठमाडौं उपत्यकाका २०५ जना सहित १ हजार १६ जना संक्रमित थपिएका छन् ।
देशभर रहेका संक्रिय संक्रमित मध्ये २ हजार ८८७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्तत्रालयको तथ्यांकले देखाएको छ ।
यस्तै ६ हजार ७५२ जना संक्रमितहरु संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेका संक्रमितमध्ये १२६ जनाको अवस्था स्वास्थ्य अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ अवस्था गम्भीर रहेका संक्रमित मध्ये ११८ जना आइसीयु र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश नम्बर १ मा ४ जना आइसीयुमा छन् । यस्तै प्रदेश २ मा ४६ जना, बागमती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १० जना आइसीयुमा रहेका छन् ।
यस्तै बागमती प्रदेशमा ८ जना संक्रमितहरु भेन्टिलेटरमा रहेका छन्।
प्रतिक्रिया