राष्ट्रिय झण्डा जलाएको आरोपमा एक व्यक्ति पक्राउ « Khabarhub

राष्ट्रिय झण्डा जलाएको आरोपमा एक व्यक्ति पक्राउ


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।

सोमवार ‘देशद्रोही’ बोलको गीत युट्युबमा सार्वजनिक भएको थियो । उक्त गीतमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्य थियो ।

‘देशद्रोही’ बोलको गीतमा राष्ट्रिय झण्डा जलाउनुका साथै नेपालका नेताहरुलाई गाली गर्ने र जातीय घृणा फैलाउन उक्साउन बल पुर्‍याउने खालको थियो ।

यो गीतले समाजमा जातीय दंगा फैलाउन सक्ने भन्दै व्यापक विरोध गरिएको थियो ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा झण्डाको अपमान गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था गरेको छ ।

सोमवार सार्वजनिक गरिएको गीत मंगोल हप अफिसियल नामक युट्युब च्यानलमा अपलोड गरिएको थियो । उक्त गीतमा गायकले आफूलाई हिपहप गायकका रुपमा प्रस्तुत गरेका छन् ।

मंगोल ग्याल्ज ली नामक व्यक्तिले गाएको गीतले सामाजिक हिंसा भड्काउन सक्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले तत्काल कारबाही गर्न माग समेत गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ५ : ०९ बजे

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो