२४ अर्ब ऋण र ४ अर्ब अनुदान लिने सरकारको निर्णय « Khabarhub

२४ अर्ब ऋण र ४ अर्ब अनुदान लिने सरकारको निर्णय


२ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले एसियाली विकास बैंकबाट रु.२४ अर्ब (२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ।

विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको लागि एसियाली डेभलप्मेन्ट बैंक (एडीबी)बाट उक्त ऋण लिने निर्णय गरेको हो।

अन्तरदेशिय प्रसारण तथा वितरण प्रणालीका लागि सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा यो ऋण लिने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए।

सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले भने, “नर्वे सरकारबाट प्राप्त हुने रु.४ अर्ब अनुदान पनि स्वीकार गर्ने निर्णय गरिएको छ।”

चालू आर्थिक वर्षको बजेटमा सरकारले रु २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण लिने उल्लेख गरेको छ।

यस्तो ऋणमा वैदेशिक अनुदान मात्रै रु.६० अर्ब ५२ करोड हुने अनुमान सरकारको छ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ५ : ३९ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम