एटीएमबाट पैसा झिकेपछि स्यानिटाइजर अनिवार्य « Khabarhub

एटीएमबाट पैसा झिकेपछि स्यानिटाइजर अनिवार्य


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढेसँगै उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले कोरोनाको जोखिम बढेको भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका हुन् ।

उनले बैंकको एटीएम मेसिनबाट पैसा झिकेपछि अनिवार्य सेनिटाइजर प्रयोग गर्न सुझाए ।

उनले भने, ‘बैंकको एटीएम मेसिनबाट रकम झिकेपछि अनिवार्य रुपमा स्यानिटाइजर प्रयोग गर्नुहोला ।’

एटीएममा पैसा झिक्न धेरै मानिसहरुको आवत जावत हुने हुँदा त्यहाँ कोरोना संक्रमण जोखि हुन सक्ने भन्दै मन्त्रालयले सो अपिल गरेको हो ।

मन्त्रालयको तथ्यांक अनुसार मंलबारसम्म देशभर १० हजार ५६३ जना संक्रिय संक्रमित रहेका छन् ।

मंगलबारमात्रै  काठमाडौं उपत्यकाका २०५ जनासहित १ हजार १६ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ५ : ५२ बजे

यो ‘ग्लोबल क्राइसिस’ हो इन्ट्रेस्ट रेड सबैतिर बढेको छ’

नेपाली उद्यमी व्यावसायीहरु आर्थिक मन्दीलगायत बैङ्किङ समस्याबाट पीडित छन् ।

झापा र पर्साबाट लागुऔषधसहित २ जना पक्राउ

काठमाडौँ- झापा र पर्साबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको एआईजीमा ४ जना बढुवा सिफारिस, अब मन्त्रिपरिषद्‍ले निर्णय गर्ने

काठमाडौँ – गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको रिक्त

अझै पक्राउ परेनन् सांसद महतो 

महोत्तरी –  गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर

बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी

नेपालगञ्ज – बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी