पाँचथरको मिक्लाजुङमा एक साता लकडाउन « Khabarhub

पाँचथरको मिक्लाजुङमा एक साता लकडाउन


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सोमबारदेखि एक साता बन्दाबन्दी (लकडाउन) गरेको छ ।

समुदायमा समेत कोभिड–१९ सङ्क्रमण फैलिएको मोरङसँग सीमा जोडिएको उक्त गाउँपालिकाले सङ्क्रमण फैलन सक्ने भन्दै एक साता लकडाउन गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले एम्बुलेन्स बाहेकका सबै सवारीका साधन सञ्चालनमा रोक लगाएको छ । गाउँपालिकाको सङ्कट ब्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले एक साता लकडाउन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अरुण राईले जानकारी दिए ।

औषधि, खाद्यान्न र दूग्ध बाहेक सबै प्रकारका बजार पसल एक साताका लागि बन्द गरिएको गाउँपालिकाले सूचना प्रकाशन गरी जनाएको छ ।

यस्तै अत्यावाश्यक बाहेक मोटरसाइकल सञ्चालनमा समेत रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।

गाउँपालिकाले अनिश्चित कालका लागि गाउँपालिका भित्र लाग्ने हाट बजार बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाले मास्कको प्रयोगलाई अनिवार्य गर्न आह्वान समेत गरेको छ ।

यस्तै कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा भीडभाड हुने क्षेत्रमा भीडभाड हुनबाट रोक्न सम्बन्धित स्थानीय तहहरुलाई आग्रह गर्ने तथा सङ्घीय सरकार र प्रदेश सरकारबाट निर्णय भएअनुसार बन्दाबन्दी हटेपछिको अवस्थामा अपनाउनुपर्ने सावधानी अपनाउने कार्यलाई कडाइ गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ५ : ५० बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको