राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन | Khabarhub Khabarhub

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक स्रोतले जनाएको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि विगत ४ महिनादेखि अक्सिजन दिएर उनको घरमै उपचार गरिएको थियो । उनको १ सय १ वर्षको उमेरमा उनको निधन भएको हो ।

घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

उनले राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ‘मनको बाँध’ चलचित्रको ‘फूलको थुङ्गा बगेर गयो’ तथा नारायणगोपालले गाएको ‘आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचेका थिए ।

उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका थिए ।

 

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ६ : ३४ बजे

६ पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट अवकाश गराउने प्रयास

काठमाडौं– भ्रष्टाचार र सरकारी बेथितिविरूद्ध जेन–जी पुस्ता सडकमा उत्रिएपछि उत्पन्न

बालबालिकाको स्वास्थ्य र संरक्षणमा विशेष ध्यान दिन सिजपको अपिल

काठमाडौं– बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालबालिकाको स्वास्थ्य, संरक्षण र

कारागारबाट भागेका पाँच कैदी–बन्दी प्रहरी नियन्त्रणमा

कञ्चनपुर– यहाँस्थित जिल्ला कारागारबाट भागेका पाँच कैदी–बन्दीलाई शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट प्रहरीले

सुन्धारा कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुरुङ्गा– ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा काठमाडौंस्थित सुन्धारा कारागारबाट भागेका दुई कैदीबन्दी

‘जेनजी पुस्ता’को माग संवैधानिक रूपमा पूरा गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पाण्डे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र