प्रेस काउन्सिल कार्यालय भदौ ७ सम्म बन्द | Khabarhub Khabarhub

प्रेस काउन्सिल कार्यालय भदौ ७ सम्म बन्द


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रेस काउन्सिल कार्यालय भदौ ७ गतेसम्म बन्द हुने भएको छ ।

कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको काउन्सिल बोर्ड बैठकले कोरोना भाइरसको बढ्दो संक्रमणको कारण देखाउँदै कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

काउन्सिल सदस्य ईश्वरी ओझाका अनुसार काउन्सिलका केही कर्मचारीलाई रुघाखोकी लागेको र पीसिरआर परीक्षण गराउने कुरा भएकोले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर कार्यालय बन्द गर्ने निर्णय भएको हो ।

बैठकले नवनियुक्त सदस्य दीपक पाण्डेलाई स्वागत गरेको थियो । बैठकमा पाण्डे पनि सहभागी भएका थिए । सरकारद्वारा कार्यबाहक अध्यक्ष नियुक्त भण्डारी भने उपस्थित थिइनन् ।

ओझाका अनुसार अनलाइनबाट हुने काम कर्मचारीहरुले घरैबाट गर्नेछन् ।

सञ्चार तथा सूचना मन्त्रालयले काउन्सिलको कुल नौ सदस्यीय बोर्डमा रिक्त दुई सदस्यको स्थानमा गत शुक्रबार दुर्गा भण्डारी पौडेल र दीपक पाण्डेलाई नियुक्त गरेको थियो । लगत्तै सरकारले नवनियुक्त सदस्य भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको जानकारी गराइएको थियो ।

श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यबाहक अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध प्रेस काउन्सिल बोर्डले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । चार वर्षअघि नियुक्त अध्यक्ष भवानी बरालविरुद्ध रिट परेपछि सर्वोच्च अदालतले उनलाई काम गर्न रोक लगाएको थियो ।

अदालतको उक्त आदेशपछि श्रेष्ठ कार्यबाहक अध्यक्षका रूपमा कार्यरत छन् । बरालको नियुक्तिविरुद्धको रिट अझै विचाराधीन छ । श्रेष्ठको पदावधि आगामी असोज १२ गते सकिँदै थियो । काउन्सिल सदस्य ओझाका अनुसार कार्यबाहक अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय ऐन र नियावली विपरीत हो । कार्यबाहक अध्यक्ष आवश्यक पर्ने अवस्थामा बोर्ड सदस्यहरूले आफूमध्येबाट छान्ने व्यवस्था रहेको उनले बताए ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ७ : १० बजे

अन्तरिम सरकार प्रमुख बन्दै सुशीला कार्की, आजै शपथ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने सहमति

प्रतिनिधि सभा विघटन गरी सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

काठमाडौँ – राष्ट्रपति भवन शीतलनिवासमा प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश

काभ्रेमा गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार मूल्यको गहना बरामद

काठमाडौँ – काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको गाडीबाट साढे तीन लाख

जेन–जीको चाहनाअनुसार पार्टी रूपान्तरण गर्ने एमाले नेताहरुको प्रतिबद्धता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ३२ वटा केन्द्रीय विभागले

शिक्षण अस्पतालमा ३६ जनाको शव, पत्र नआउँदा परीक्षणमा ढिलाइ

काठमाडौं – त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा शव पहिचानका