चितवनमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि « Khabarhub

चितवनमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार चितवनको खैरहनी नगरपालिका–३ की १०८ वर्षकी वृद्ध महिलामा मृत्यु पछि कोरोना पुष्टि भएको हो ।

ती महिलाको परिवारको एकजना सदस्यामा यसअघि नै कोरोना पुष्टि भएको थियो । परिवारको सदस्यामा कोरोना पुष्टि भएपछि गएराति ति वृद्धको घरमै मृत्यु भएको थियो ।

उनको मृत्युपछि कन्ट्याक ट्रेसिङको आधारमा कोरोना परीक्षण गरिएको र अहिले साँझ रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख तिवारीले खबरहबलाई बताए ।

“चितवनको एकजना १०८ वर्षकी महिलाको गएराति घरमै मृत्यु भयो, उहाँको परिवारको एकजना स्वास्थ्यकर्मीमा यसअघि कोरोना पोजेटिभ देखिएको थियो, उहाँको कन्ट्याक ट्रेसिङकै आधारमा कोरोना परीक्षण गर्दा अहिले रिपोर्ट पोजेटिभ आयो,” तिवारीले खबरहबसँग भने, “उहाँको शव घरमै भएकाले नेपाली सेनाको टोली व्यवस्थापनका लागि जाँदै छ ।”

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ७ : ४४ बजे

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि