चितवनमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि « Khabarhub

चितवनमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार चितवनको खैरहनी नगरपालिका–३ की १०८ वर्षकी वृद्ध महिलामा मृत्यु पछि कोरोना पुष्टि भएको हो ।

ती महिलाको परिवारको एकजना सदस्यामा यसअघि नै कोरोना पुष्टि भएको थियो । परिवारको सदस्यामा कोरोना पुष्टि भएपछि गएराति ति वृद्धको घरमै मृत्यु भएको थियो ।

उनको मृत्युपछि कन्ट्याक ट्रेसिङको आधारमा कोरोना परीक्षण गरिएको र अहिले साँझ रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख तिवारीले खबरहबलाई बताए ।

“चितवनको एकजना १०८ वर्षकी महिलाको गएराति घरमै मृत्यु भयो, उहाँको परिवारको एकजना स्वास्थ्यकर्मीमा यसअघि कोरोना पोजेटिभ देखिएको थियो, उहाँको कन्ट्याक ट्रेसिङकै आधारमा कोरोना परीक्षण गर्दा अहिले रिपोर्ट पोजेटिभ आयो,” तिवारीले खबरहबसँग भने, “उहाँको शव घरमै भएकाले नेपाली सेनाको टोली व्यवस्थापनका लागि जाँदै छ ।”

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ७ : ४४ बजे

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

जनकपुरधाम – आपसी विवादमा रौतहटको गजुरा नगरपालिका–५ हरिपुरमा आज एक

माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

गण्डकी – काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका