राप्रपाको चुनाव चिन्ह गाई नै हुनुपर्छ – अध्यक्ष थापा « Khabarhub

राप्रपाको चुनाव चिन्ह गाई नै हुनुपर्छ – अध्यक्ष थापा


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह गाई नै हुनुपर्ने बताएका छन् ।

गाई चुनाव चिन्हले नै राप्रपाले धेरै मत ल्याएको बताउँदै थापाले चुनाव चिन्ह गाई फेर्न नहुने बताए । उनले भने, ‘गाई चुनाव चिन्हमा राप्रपा कै ईतिहास मै अहिलेसम्मको सर्वाधिक मत परेको छ। अहिले पनि राप्रपाका ९५ प्रतिशत स्थानीय तहका प्रतिनिधि, एक संघीय सांसद र ३ प्रदेशसभा सांसद गाई चिन्हबाट निर्वाचित छन्।’

थापाले भने, ‘गाई तुलनात्मकरूपले अत्यन्त लोकप्रिय चिन्ह हो। २०४७ साल जेठ १५ गते राप्रपा स्थापना हुँदा दुई घटक मध्ये एकको चुनावचिन्ह गाई थियो। फेरि, राप्रपाको मुख्य एजेण्डा हिन्दुराष्ट्र हो। हिन्दुत्वको प्रतिक गाई हो। यस्तो वास्ततिकता थाहा हुँदा हुँदै राप्रपा कै केही साथीहरू चुनावचिन्ह जे भएपनि हुन्छ भन्दै हिंडेको देख्दा दु:ख लाग्छ, चित्त दुख्छ।’

‘चुनाव चिन्ह पार्टी एकीकरण हुँदाको सम्झौता अनुसार ६ महिनाभित्र पार्टीलेको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुनेछ,’ थापाले भने, ‘यो सहमति हतारमा वा बेहोसी अवस्थामा गरिएको होईन। महिनौंको छलफल, विवाद र बहस पछि गरिएको हो। त्यसर्थ, उक्त सहमतिको सम्मान हुनुपर्छ।’

पार्टीको बृहत्तर हित र एकतालाई अक्षुग्ण राख्न नेतृत्वले समयमा आवश्यक, उपयुक्त र साहसिक  निर्णय गर्ने पनि थापाले बताए । उनले भने, ‘कसैले भावुक बनेर पक्ष विपक्षमा वकालत वा मत बनाउनु पर्दैन . आवश्यक छैन । भोलि सहमति र प्रक्रियागत ढंगबाट ‘गाई’ वा ‘हलो’ मध्ये एक निर्णय हुनेनै छ। यो विवादले पार्टी एकता टुट्दैन। ढुक्क भए हुन्छ।’

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ७ : ४४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको