बालिका करणी प्रयास गर्ने युवकलाई बालसुधार गृह पठाउन आदेश « Khabarhub

बालिका करणी प्रयास गर्ने युवकलाई बालसुधार गृह पठाउन आदेश


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन जिल्ला अदालतले जबरजस्ती करणी प्रयास गरेको अभियोगमा १६ वर्षका एक युवकलाई पुर्पक्षका लागी बालसुधार गृह पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ६ वर्षीया बालिकालाई जबरजस्ती करणी प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि बालसुधार गृह हेटौंडा पठाउन आदेश दिएको हो ।

पीडक युवक १८ वर्षभन्दा कम उमेरको भएका कारण अदालतले उनलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश दिएको हो

अदालतले पुर्पक्षका लागि पठाउनुअघि कोरोना परीक्षण गरी कोरोना संक्रमण नभएको यकिन गरेर हेटौंडा पठाउन आदेश दिएको हो ।

चितवनको नयाँवस्तीकी एक ६ वर्षीय बालिकालाई जर्बजस्ती करणी प्रयास गर्दा बालिका चिच्याएपछि युवकले कसैलाई नभन्न भन्दै १० रुपैया समेत दिएको प्रहरी अनुसन्धानबाट देखिएको तर अदालतमा भने युवकले करणी गरेको स्वीकार नगरेको भएपनि अदालतले युवकलाई पुर्पक्षका लागि पठाएको हो ।

गत साउन १३ गते घटना भएको र बालिकाले साउन १५ गते मात्रै अभिभावकलाई जानकारी गराएपछि जाहेरी परेको आदेशमा उल्लेख छ ।

अदालतले कोरोना परीक्षण गर्दा कोरोना संक्रमित देखिए उनको सरकारी खर्चमै उपचार गर्न र कोरोना संक्रमणमुत्त भएपछि मात्रै बाल सुधार गृहमा पठाउन समेत आदेश दिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ८ : ०३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको