उपत्यकाका थप तीन स्थानमा ट्राफिक बत्ती « Khabarhub

उपत्यकाका थप तीन स्थानमा ट्राफिक बत्ती


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकाका थप तीन स्थानमा ट्राफिक बत्ती सञ्चालनमा आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा ललितपुर महानगरपालिकाको सक्रियतामा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाइ सहज र व्यवस्थित बनाउन तीन स्थानको ट्राफिक बत्ती सञ्चालन ल्याइएको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले पुल्चोक, हरिहरभवन र अल्का अस्पताल अगाडिको बत्ती आजदेखि सञ्चालनमा ल्याइएको जानकारी दिए । जसमा पुल्चोक र हरिहरभवनमा नयाँ जडान गर्नुका साथै अल्का अस्पताल अगाडिको पुरानो मर्मत गरिएको हो ।

पछिल्लो समय महाशाखाले उपत्यकाका स्थानीय तहको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले यसअघि लामो समयदेखि बिग्रिएका सिंहदरबार, पद्मोदयम मोड, पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयां ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वरलगायत क्षेत्रमा बत्ती सञ्चालनमा ल्याइसकेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ८ : ५७ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार