असोजभित्र स्थिर ब्याजदर तोक्न राष्ट्र बैंकको निर्देशन | Khabarhub Khabarhub

असोजभित्र स्थिर ब्याजदर तोक्न राष्ट्र बैंकको निर्देशन


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- असोजभित्र स्थिर ब्याजदर तोक्न राष्ट्र बैंकले निर्देशन दिएको छ । घर, गाडीलगायत आवधिक प्रकृतिका कर्जामा बैंक तथा वित्तीय संस्थाले यही असोजभित्रै स्थिर ब्याजदर तोक्नुपर्ने भएको छ।

एकीकृत निर्देशिकाको व्यवस्था भन्दै पहिलो चरणका लागि स्थिर ब्याजदर निर्धारण तथा प्रसारण गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । यसअघिको निर्देशनकै आधारमा केही बैंक तथा वित्तीय संस्थाले स्थिर दर प्रकाशन गरिसकेका छन्।

‘कर्जा अवधिभर परिर्वतन नहुने गरी तोकिने स्थिर ब्याजदर पहिलो पटकमा लागि ०७७ असोज मसान्तभित्र निर्धारण तथा प्रकाशन गर्नुपर्ने बेहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,’ निर्देशनमा भनिएको छ।

भुक्तानी अवधि एक वर्षभन्दा बढी भएका व्यक्तिगत आवधिक कर्जा (घर, गाडीलगायत) मा बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदर लागू गर्नुपर्नेछ। अब त्यस्ता कर्जामा सुरुमा कर्जा लिँदा तय भएको ब्याजदरमा परिवर्तन गर्न पाइनेछैन।

‘एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्नुपर्नेछ,’ निर्देशनमा उल्लेख छ, ‘यस प्रयोजनका लागि इजाजतपत्र प्राप्त संस्थाले एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्नेछ।’

ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहे ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न पाउनेछन्।

यसरी तोकिएको स्थिर ब्याजदर बैंकले ६/६ महिनामा मात्र परिवर्तन गर्न प्रकाशित गर्नुपर्नेछ। यो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएका/हुने घर कर्जा, गाडी कर्जालगायत मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका/हुने एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुने राष्ट्र बैंकको निर्देशन छ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ७ : ५९ बजे

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा