अफगान सेना र तालिवानबीच झडप हुँदा ५४ जनाको मृत्यु « Khabarhub

अफगान सेना र तालिवानबीच झडप हुँदा ५४ जनाको मृत्यु


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तमा बुधबार रातको समयमा भएका झडपमा कम्तीमा २३ सैनिक र ३१ लडाकुको मृत्यु भएको छ। घटनामा दर्जनौं तालिवान लडाकुहरू घाइते भएका छन्।

अफगानिस्तानमा शान्ति स्थापनाका लागि सरकारी तथा तालिवान प्रतिनिधिहरूबीच कतारको राजधानी दोहामा वार्ता भइरहेका बेला दुवै पक्षबीच ठूलो भिडन्त भएको हो। प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोगियानीले दिएको जानकारीअनुसार नान्गाहर प्रान्तमा २० सैनिक र २९ तालिवान लडाकुको मृत्यु भएको छ। घटनामा कम्तीमा १५ सैनिक र २० लडाकु घाइते छन्।

पश्चिमी बग्गिस प्रान्तमा कादिसको जिल्ला प्रशासन कार्यालयमा हमला गर्ने आक्रमणकारीविरुद्ध सुरक्षा फौजले गरेको कारबाहीमा ३ जना सैनिक र २ जना विद्रोहीको मृत्यु भएको थियो। घटनामा ६ सैनिक र ५ विद्रोही घाइते भएका छन्।

जिल्ला प्रमुख हैदर सरिफीले सिन्ह्वासँग भने, ‘प्रशासन कार्यालयलाई लडाकु समूहले कब्जा गर्न खोजेपछि सुरक्षा कार्यालयमा तैनाथ सैनिक तथा प्रहरीले जवाफी कारबाही चलाएका हुन्।’

भिडन्तका क्रममा जिल्ला कार्यालय भवनका केही भाग र एउटा सशस्त्र सेनाको गाडीमा विद्रोहीले आगो लगाएको जनाइएको छ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ८ : ०३ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले