नेपाल–चीन नाका बन्द हुँदा धेरै सामग्री अलपत्र « Khabarhub

नेपाल–चीन नाका बन्द हुँदा धेरै सामग्री अलपत्र


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चीनसँगका नेपालका प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भएको लामो समय भइसक्यो ।

नाका सहजीकरण गर्न र व्यापार सहज बनाउन नेपालले गरेका पहल भने सार्थक बनेका छैनन् । त्यसै कारण रसुवागढी र तातोपानी नाकाबाट आयात निर्यात ठप्पजस्तै छ । यसबाट नेपालका व्यापारीका धेरै सामग्री अलपत्र परेका छन् ।

२०७२ वैशाखको भूकम्पले तातोपानी नाकाका पूर्वाधार काम नलाग्ने बनाएपछि विकल्पका रूपमा रसुवागढी नाका खोलिएको हो । भूकम्पलगत्तै भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ पनि आयात गर्न प्रयोग गरिएको यो नाका कोभिड–१९ का कारण गत माघदेखि नै ठप्प छ ।

पूर्वाधार निर्माणपछि खोलिएको तातोपानी नाका पनि गत असार २४ गते भोटेकोसी नदीमा आएको बाढी पहिरोका कारण बन्द छ । दुवै नाका ठप्पजस्तै हुँदा नेपाली व्यवसायीले खरिद गर्न लागेका अर्बौं रुपियाँ मूल्य बराबरका समान तिब्बती भूमिमै अड्किएका छन् ।

रसुवागढी नाका चीनले आफ्नो नयाँ वर्ष मनाउन गत माघमा एक साताका लागि बन्द गरेको थियो । त्यसबेलादेखि नै नेपाल–चीन भन्सार नाका केरुड–रसुवागढीबाट आयात ठप्प रहँदै आएको हो । नयाँ वर्षसँगै चीनको वुहानमा कोभिड–१९ महामारी फैलन थालेपछि चीनले सबै नाका बन्द गरेको थियो ।

कोरोना महामारीकै बीच चीनले अन्य देशसँग व्यापार सहजीकरणमा ध्यान दिएर व्यापार विस्तार गरिरहेको छ तर नेपालसँगको समस्यामा भने खासै चासो नदिएको सम्बद्ध अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ८ : ५१ बजे

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१