पूर्वीय धर्मदर्शनअनुसार तिथि, बार, नक्षत्र, योग र करण गरी पाँच वटाको मिश्रण भएर पञ्चाङ्ग बन्छ । पञ्चाङ्गअनुसार पात्रो र त्यसको निर्देशनअनुसार दिन, पर्व, चाड, उत्सव र जन्मदेखि मृत्युसम्मका संस्कार सबै कार्य हुन्छन् । सूर्यको गतिअनुसार १२ महिनाको एक वर्ष हुन्छ । कुनै महिना २९ देखि ३२ दिनसम्मको र जम्मा ३६५ दिनको एक वर्ष हुने गर्छ ।
अंग्रेजी क्यालेण्डरमा यस्तो तिथि, घडी, पला, नक्षत्र, लग्न, मूहुर्त खासै केही हुँदैन । गते भनेजस्तै तारेख र बारको हिसाब हुन्छ । बार पनि हामी भोलिपल्टको सूर्योदयपछि मात्रै शुरु हुने मान्छौँ तर अंग्रेजीमा यस्तो नभई रातको १२ बजेपछि अर्को दिन सुरु हुन्छ ।
बार पनि रातको १२ बजे नै बदलिन्छ । त्यहाँ हरेक ४ वर्षमा लिप इयर हुन्छ ।
पश्चिमा संस्कारमा हाम्रो वैदिक पद्धतिजस्तो व्यवहार नहुने हुँदा गते र बारकै आधारमा सबैजसो कार्य सम्पन्न हुनेगर्छ । लामा संस्कारहरू पनि हुन्नन् । नयाँ वर्षको परम्परा पनि फरक छ । हाम्रा सन्ततिहरू प्नि अब वैदिक पात्रो हेर्न नजान्ने हुन थालेका छन् । संस्कार मेटिँदै जाने डर छ । पश्चिमाहरू यसको खोजविन गर्ने र हामी पूर्वीयाहरू भत्काउँदै जाने हुन थालेका छौँ ।
चन्द्रमा चम्किला हुँदै जाने बखतलाई शुक्लपक्ष भन्छिन् । शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हुन्छ । चन्द्रमा अँध्यारो हुँदै जाने बखतलाई कृष्णपक्ष भनिन्छ र अन्तिम दिन औँसी हुन्छ ।
यति वेला हाम्रा घरआँगनमा अधिक मास सुरु भएको छ । यो मासलाई विभिन्न नाम दिइएको छ । मलै मल भएकोले मलमास र बढी समय भएकाले अधिकमास पनि भन्ने गरिएको छ ।
हाम्रो संस्कृति र सभ्यता प्राचीन, अझ भनौँ अर्वाचीनसम्मको छ । सूर्य र चन्द्रमास अनुसार संस्कार पद्धतिको विकास भएको छ । तिथि, नक्षत्र र राशि चन्द्रमाको गति अनुसार हुन्छ । चन्द्रमा चम्किला हुँदै जाने बखतलाई शुक्लपक्ष भन्छिन् । शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हुन्छ । चन्द्रमा अँध्यारो हुँदै जाने बखतलाई कृष्णपक्ष भनिन्छ र अन्तिम दिन औँसी हुन्छ ।
शुक्लपक्ष रात्रिको उज्यालोको पक्ष र देवताको दिन मानिन्छ । रातको अँध्यारो कृष्णपक्ष पित्रृको दिन मानिन्छ । वर्षभरिमा चाहिँ माघदेखि असारसम्मको सूर्य उत्तरायण देवताको समय हो र श्रावणदेखि पौषसम्मको समय पित्रको हो । हाम्रो लौकिक जगतमा ३६५ दिनको एक वर्ष हुँदा पित्रृको अलौकिक जगतमा एक दिनमात्र हुन्छ ।
सौर्य मास एक महिनामा औसत ३० दिन मानिन्छ तर चन्द्रमासमा औसत २९ दिनकै एक महिना हुन्छ । गतेले ३६५ दिनको एक वर्ष हुँदा चन्द्रमासमा चन्द्र गतिअनुसारको तिथि र बीच बीचमा हुने क्षयले समेत गर्दा ३५४ दिनमै एक वर्षको हन्छ । यसरी हरेक वर्ष झण्डै ११ दिनको बढी हुँदै जाँदा तीन वर्षमा एक महिना बढी हुन्छ । यही बढी भएको समय नै अधिकमास हो । जसलाई मलमास पनि भनियो ।
वैदिक परम्पराअनुसार हरेक मास, बार, ऋतु, तिथि, नक्षत्र, राशिसहित पलपलको आआफ्ना अधिष्ठातृ देवता अर्थात मालिक हुन्छन् । सबैका आफ्ना इष्टदेव, कुलदेव हुन्छन् । मानिसमा पनि आफ्नो इष्टदेव, कुलदेव भएन भने त्यो बेलगामको घोडा हुन्छ, बेवारिसे हुन्छ, गतिछाडा भई घरको न घाटको हुन्छ । यो नियम समाज, देशको पनि हुन्छ ।
झण्डै ११ दिनको बढी हुँदै जाँदा तीन वर्षमा एक महिना बढी हुन्छ । यही बढी भएको समय नै अधिकमास हो । जसलाई मलमास पनि भनियो ।
वैदिक परम्परमा ३३ करोड देवता त्यसै भनिएको होइन । सबैले आआफ्नालाई संरक्षण गरिराखेका हुन्छन् । जसबाट अपनत्व, मालिकत्व स्वीकार गरिएको हुन्छ । बढी भएको समय अधिकमासको कोही मालिक भएन । आजको भाषामा भन्दा ऊ अनागरिक जस्तै भयो । यतिबेला कुनै चाड, पर्व परेन । कुनै उत्सव भएन । कुनै क्रियाकलाप नभई बेसहारा बन्न पुगेको अधिकमास आजको लकडाउनको घरजस्तै भयो । सबैतिर ठप्प कसैले केही नगर्ने । न उत्साह, न उमङ्ग, न चहलपहल, मूर्तिवत् हुँदा उसले आफ्नो मालिकको खोजी गर्न लाग्यो ।
जीवन निरस भएको कसैले वास्ता नगरेको, गर्भश्राव भई आमाको कोखबाट अधिग्रो गएको अनुभूति गर्न लाग्यो र मरेको बिरालो जस्तै भएर सृष्टि कर्ता ब्रह्माकहाँ पुग्यो । ब्रह्माको काम त सिर्जनामात्रै थियो, संरक्षणका लागि तारणहार श्री विष्णुकहाँ पुग्नुपर्ने सुझाब पायो उसले ।
श्रीविष्णुकहाँ पुग्दा मेरो स्थिररूप गोलोकबासी श्रीकृष्णसामु यो कुरा पुर्याउनु पर्छ भनेपछि निरीह अधिकमास गोलोक पुग्यो । गोलोक पुग्नासाथ उसको अनुहारमा चमक आइहाल्यो । श्रीकृष्णले तिम्रो सहारा म हुन्छु भनेपछि ऊ प्रसन्न भयो, उसको नाम बदलियो । उसले ‘पुरुषोत्तम मास’ नाम पायो ।
बेसहारा, पीडित, त्याज्य, अपहेलितको सहारा दैव हुन्छ भन्ने सिद्धान्तअनुसार अब ऊ सबै मासमध्ये उत्तम समयको रूपमा देखियो । यो मासमा व्रत, ध्यान, पूजा, तप, निष्ठा कर्म थोरै भए पनि जसले गर्छ त्यसको फल अनन्त हुने भयो । यसै अनुसार विशेष दान पुण्य गर्न चाहने, थोरै खर्चमा धेरै पुण्य चाहनेले यस मासमा धार्मिक कार्यहरू गर्ने गर्छन् । घरवास्तु, विवाह, व्रतबन्ध, अन्य औपचारिक चाडपर्व भने मान्ने चलन अहिले पनि छैन ।
अघि द्वापर युगमा वनबासको समयमा कुन्ती, द्रौपदीसहित पाँच पाण्डवले कन्दमूल र फलहरूको भोजन गरेर यो व्रत गरे । स्वयं श्रीकृष्णले सबै कथा सुनाएर समस्या पर्दा धैर्य गर्ने, आफ्नो धर्म र निष्ठा नछोड्ने, यथाशक्ति पुरुषोत्तम मासको ब्रत, पूजा गर्न निर्देशन दिनु भएको कुरा शास्त्रहरूमा छ । काम्यक वनमा बसेर उनीहरूले यस मासको आराधना गरे र सान्त्वना पाए आफ्ना मालिकबाट ।
गोलोक पुग्नासाथ उसको अनुहारमा चमक आइहाल्यो । श्रीकृष्णले तिम्रो सहारा म हुन्छु भनेपछि ऊ प्रसन्न भयो, उसको नाम बदलियो । उसले ‘पुरुषोत्तम मास’ नाम पायो ।
अब मलमास पनि सबै मासको राजा हुने भयो । थोरै गरिएको दान पुण्यको फल सिधै भगवानसम्म पुर्याउनसक्ने भयो । यो मासका बीचमा दुई एकादशी हुन्छन् पद्यिनी र परमा ।
कलि युग महामारी युग हो । यस युगमा रहेका हामीले पुण्य कमाउने काम गर्नुपर्छ । कोरोनाले नयाँ समाज र यथार्थको समाज निर्माण गर्न खोजेको छ । जीवन पानीको फोकासरह छ । अदृश्य शक्ति कोरानाबाट विज्ञानले पनि हार खाएको छ । यो महिनामा खासगरी ३३ पुरुषोत्तमको नामले ३३ वटा मालपुवा तयार गरी तुलसीपत्र राखी, काँसको थालमा पहेँलो पिताम्बरले छोपेर सुनको प्रतिमासहित दान गर्ने चलन छ ।
सक्नेले धेरै ठूलो विधिले कथा माहात्म्य श्रवण गर्दै श्रीकृष्ण कथा, पुराणहरू श्रवण गर्छन् । विपुल लक्ष्मी, धन, कीर्ति, मान, इज्जत, प्रतिष्ठा, जीवनमा ऐशआराम, शान्ति, कान्ति चाहनेले यो मासको उपासना गर्छन् ।
प्रत्येक तीन वर्षमा तीन महिनाको अन्तरालमा यो मास पर्छ । यसअघिको पछिलोपटक २०७५ जेठमा परेको थियो । यो वर्ष २०७७ असोज २ गतेदेखि परेको छ । यो मासमा सक्रान्ति हुँदैन । संक्रान्ति नभएकै कारण यो मासले दीनता प्रकट गरेको हो, त्याज्य भएर । अब यस्तो मास २०८० श्रावणमा पर्नेछ ।
प्रतिक्रिया