कतारमा २ नेपाली सम्मानित, कम्पनीले दियो जनही १५ हजार रियाल « Khabarhub

कतारमा २ नेपाली सम्मानित, कम्पनीले दियो जनही १५ हजार रियाल


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा-  कतारको आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले आफ्ना दुई नेपाली कामदारलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा नजामुद्दिन कवारी र देवप्रसाद राई रहेका छन् । उनीहरुलाई कम्पनीमा १० वर्षभन्दा बढी आफ्नो समर्पण इमान्दारिता र उत्कृष्ट काम गरेवापत् जनही १५ हजार कतारी रियाल सहित सम्मान गरिएको छ ।

नासर अली अल अली, कम्पनीका मालिक नासर अल अलीले एक कार्यक्रमकाबीच ती कामदारहरुलाई सो नगद हस्तान्तरण गरेका थिए । सन् २००९ मा महोत्तरीबाट कन्स्ट्रक्सन कामदारको रुपमा कतार आएका नजामुद्दिन कवारी छोटो समयमै सो कम्पनीमा ट्रेड वर्कर भइसकेका छन् ।

गरिब परिवारबाट आएका कवारीले सो कम्पनीमा काम गरेर आर्थिक सुधार समेत गरेका छन् । उनले पाएको यो १५ हजार इनाम अव आफनो छोराछोरीको उच्च शिक्षाको लागि खर्च गर्ने बताए । उनका एक छोरा पनि हाल कतारमै रोजगाररत छन् ।

कम्पनीका मालिक नासर अल अली अत्यन्त राम्रो रोजगारदाता भईकन आफनो अविभावक भएको र बताउदै आफु यस कम्पनीमा कामगर्न पाउनु आफ्नो अहोभाग्य भएको कवारीले बताए ।

अर्का १५ हजार इनाम पाउने भाग्यमानी कामदार देवप्रसाद राई पनि २००९ मा सोही कम्पनीमा काम गर्न आएका हुन् । कन्स्ट्रक्सन कामदारको रुपमा आएका निम्न पारिवारिक पृष्ठभूमिका उनी अहिले ट्रेडमा काम गर्नसक्ने दक्ष कामदार भइसकेका छन् ।

नासर अल अली इन्टरप्राइजेजमा आफुले काम गरेर आफनो आर्थिक सुधार गर्न सकेको बताउने राईले कम्पनीको मालिक आफुहरुको अविभावक भएको बताए ।

कम्पनीका मालिक नासर अली अल अलीले आफनो कम्पनीमा काम गरिरहेका कामदारहरुलाई उनीहरुको इमान्दारिता, लगनशिलता र योगदानको मुल्यांकन गर्दै पुरस्कार दिन पाउँदा आफुलाई खुशी लागेको बताउदै उनीहरुको योगदान आफनो कम्पनीमा प्रशंसनीय रहेको बताए ।

कम्पनीले आर्जन गरेको रकमबाट यसरी कामदारहरुलाई समयसमयमा पुरस्कृत गर्न पाउदा कम्पनी र कामदारको विचमा गाढा सम्बन्ध हुने र कामदारहरुपनि प्रोत्साहित हुने बताए । आफना कामदारहरुले वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा समेत ठूलो योगदान पुर्याएका छन् ।

कम्पनीले विभिन्न समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि पुरस्कार स्वरुप प्रदान गर्दै कामदारहरुको हौसला र मनोवल बढाउँदै आइरहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १० : ०५ बजे

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

तेहरान – इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ

आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै

भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ

आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई

नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ

आज यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल