पूजाको मुस्कान (फोटो फिचर) | Khabarhub Khabarhub

पूजाको मुस्कान (फोटो फिचर)


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ कोरोना भाइरसका कारणले गरिएको लकडाउनपछि रिलिज हुन पाएको छैन ।

अब सिनेमा हलमा फिल्म कहिले रिलिज हुन्छ भन्ने टुंगो छैन । उक्त फिल्ममा पूजाको जोडी पल शाहसँग बाँधिएको छ ।

केही समयअघि पूजा आफूले दिएको एक अन्तर्वार्ताका कारण विवादमा परिन् । नेपालमा कति जिल्ला र प्रदेश छन् भन्ने सामान्य प्रश्नको जवाफ पनि दिन नसकेपछि उनको चौतर्फी आलोचना गरियो ।

यो घटनाले उनी निकै तनावमा पनि परिन् । पछिल्लो समय भने उनी खुशी हुने प्रयासमा छिन् । आफ्ना कमजोरी सुधार्ने प्रयासमा छिन् ।

यो लकडाउन यता केही म्युजिक भिडियोमा अभिनय गरेकी पूजा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्छिन् ।

उनले इन्स्टाग्राममा नयाँ तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा पूजाको सुन्दरता झल्केको छ । तस्वीर शेयर गर्दै उनले लेखेकी छिन् – आफ्नो आत्मालाई खुशी हुन समय दिनुहोस् ।

उनले योसँगै शेयर गरेका तस्वीरमा पनि पूजा खुशी देखिएकी छिन् ।

तस्वीरहरूः पूजा शर्माको इन्स्टाग्रामबाट ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १० : १७ बजे

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र

क्रिकेटर सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको

लगानीका लागि आशयपत्र आह्वान गर्न लागिएका २० परियोजना यस्ता छन्

काठमाडौं– आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०

संसारभर मृत्युको कारण बन्दै क्यान्सर

दुःखका साथ भन्नुपर्ने हुन्छ कि अबका केही वर्षमा संसारमा सबै

तेस्रो लगानी सम्मेलन आजदेखि, १५० परियोजना प्रस्तुत गरिने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनको