गणेशमानको सिद्धान्त, निष्ठा र मूल्यको राजनीतिबाट प्रेरणा लिनुपर्छ: प्रकाशमान सिंह | Khabarhub Khabarhub

गणेशमानको सिद्धान्त, निष्ठा र मूल्यको राजनीतिबाट प्रेरणा लिनुपर्छ: प्रकाशमान सिंह


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान सिंहबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिए देश र जनताको हित हुने बताएका छन् ।

सिंहको २३ ओै स्मृति दिवसका अवसरमा सिंह निवास चाक्सिवारीमा आयोजित कार्यक्रममा नेता सिंहले गणेशमानजीले सिद्धान्त, निष्ठा र मूल्यको राजनीति गरेको भन्दै त्यसबाट प्रेरणा लिनुपर्ने बताएका हुन् ।

‘नेपालमा सक्रिय जति राजनीतिक दल र नेता कार्यकर्ता हुनुहुन्छ, उहाँले सिद्धान्त र आदर्शको राजनीति गर्ने जुन प्रेरणा दिनुभयो, त्यही मार्गमा हिँडेको खण्डमा मात्रै नेपाल र नेपालीको भलो हुन्छ, नेता सिंहले भने ।

नेपालमा प्रजातन्त्र स्थापना गर्न र जनताको अधिकार सुरक्षित गर्न ६ दशक लामो राजनीतिक जिवनमा गणेशमान सिंहले १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा बिताएको नेता सिंहले बताए । प्रजातन्त्रका लागि ठूलो संघर्ष गरेको र कष्ट सहेकैले उनलाई नेपाली जनताले सधै सम्झिरहने उनको भनाइ थियो ।

त्यस्तै नेता सिंहले गणेशमान सिंहको स्वच्छ, निष्कलंकित छविकै कारण कांग्रेसको आह्वानमा भएको ०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट पार्टीहरूले उनको नेतृत्व स्वीकारेको पनि बताए ।

सर्वमान्य नेता सिंहको नेतृत्वमा ०४६ सालको जनआन्दोलन संयुक्त भन्दा पनि कार्यगत एकताका आधारका भएको उनको भनाइ थियो ।

त्यस्तै नेता सिंहले सरकारले कोरोना महामारीका बेलाका जनताका लागि गर्नुपर्ने न्यूनतम काम पनि नगरेको बताए । मेडिकल सामग्री खरिदमा समेत घोटाला हुँदा जनताले सरकारसँग चित्त दुखाएको सिंहको भनाइ थियो ।

दुई तिहाइ नजिकको सरकारले संविधानको भावनाअनुसार संघीय कानून नबनाउँदा स्थानीय सरकारलाई काम गर्न समस्या भएको पनि उनले बताए । देश संघीयतामा गइसके पनि सरकारको ध्यान केन्द्रीयकरणमै रहेको भन्दै संविधानको मर्म र भावनाविपरीत नजान पनि सरकारलाई उनले सचेत गराए ।

जनताले करीब दुई तिहाइ मत सुशासनका लागि दिए पनि सरकार ललिता निवास प्रकरण, यती होल्डिङ्स, सेक्युरिटि प्रिन्टिङ प्रेस लगायतका काण्डमा मुछिएको बताए ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ११ : १४ बजे

ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं – मन्त्रिपरिषद् बैठक जारी भएको बेला कांग्रेस सभापति शेरबहादुर

मन्त्रिपरिषद् बैठक : छानबिन समिति गठन गर्ने निर्णय

काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी पुस्ताले गरेको प्रदर्शनमा

जेन-जीको आन्दोलनमा कहाँ चुक्यो सरकार ?

काठमाडौँ- एकातिर निजामती कर्मचारी विधेयकको कुलिङ पिरियड गडबडीमा दोषी देखिएका

गोली प्रहार गरेको अभियोगमा एकजना पक्राउ

पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले महिलालाई गोली हानेको

दिनभर जेन-जीको प्रदर्शन : कहाँ के भयो ?

काठमाडौँ– मलाई बोल्न दे सरकार, गणतन्त्र कहाँ छ, कसैलाई थाहा