शेखर कोइराला भन्छन्- ‘म कुनै गुटमा छैन, पार्टीलाई एकढिक्का बनाउन प्रयासरत छु’ « Khabarhub

शेखर कोइराला भन्छन्- ‘म कुनै गुटमा छैन, पार्टीलाई एकढिक्का बनाउन प्रयासरत छु’


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र आफू कुनै पनि गुट वा समूहमा नरहेको स्पष्ट पारेका छन्।

शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै उनले हाल आफूलाई संस्थापनइतर समूहसँग जोडेर भइरहेको प्रचारप्रति आपत्ति जनाए। सामाजिक सञ्जालमा आफूलाई विभिन्न पक्षसँग जोडेर प्रस्तुत गरिएको भन्दै उनले त्यो भ्रम छरिएको बताए।

कोइरालाले आफ्नो मुख्य उद्देश्य नेपाली कांग्रेसलाई एकढिक्का बनाउनु रहेको उल्लेख गर्दै त्यसका लागि अन्तिमसम्म प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। पार्टीलाई एकताबद्ध बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने आफ्नो चाहना रहेको उनले बताए।

उनले भने, ‘नेपाली कांग्रेसलाई एकढिक्का बनाउन र एक ठाउँमा ल्याउन म अन्त्यसम्म प्रयास गर्छु। म कुनै पनि समूहमा छैन।’

कार्यक्रममा उनले विपी कोइरालाको नाममा स्थापना भएको अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न अवकाश प्राप्त चिकित्सकहरूको महत्वपूर्ण भूमिका रहन सक्ने धारणा पनि व्यक्त गरे।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  २ : २९ बजे

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा