अम्बिकाको ‘हिँड्दा हिँड्दै’ मा पल र सुपुष्पा (भिडियो) | Khabarhub Khabarhub

अम्बिकाको ‘हिँड्दा हिँड्दै’ मा पल र सुपुष्पा (भिडियो)


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अम्बिका शर्माले रचना गरेको गीत ‘हिँड्दा हिँड्दै’ सार्वजनिक गरिएको छ । उक्त गीत युट्युबमार्फत आज (शुक्रवार) सार्वजनिक गरिएको हो ।

गीतमा आफूले मन पराएको मान्छेलाई प्रेमभाव व्यक्त गर्न नसक्दाको परिस्थितिलाई दर्शाउन खोजिएको छ । यस्तै गीतमा सुप्रिया शर्माको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत संयोजन छ ।

गीतकार शर्माले भर्खरै मात्र १६ जना कलाकारको स्वरमा रहेको देशभक्ति गीत ‘मेरो देश नेपाल’ सार्वजनिक गरेकी थिइन् । उक्त देशभक्ति गीत दर्शकले रुचाएका छन् ।

यसअघि सार्वजनिक भएका शर्माका ‘किन आजकाल तिम्रो मन मैलो भो’, ‘तिम्रो मायामा हराउन थालेको धेरै भो’, ‘तिम्रो बाहेक अरु को छ र मैले लिने नाउँ’, ‘तिम्रो मायामा’लगायतका गीत दर्शकले रुचाएका छन् ।

त्यस्तै गीतको भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ भने पल शाह र सुपुष्पा भट्टले अभिनय गरेका छन् ।

विकास धमलाको सम्पादन, बुद्ध थापाको छायांकन तथा सुबोल थापाको कोरियोग्राफीमा निर्माण भएको यो म्यूजिक भिडियोमा पुरुषोत्तम सुवेदीको गीत एरेन्ज रहेको छ ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १ : ०७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर