२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ८५९ कोरोना संक्रमित | Khabarhub Khabarhub

२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ८५९ कोरोना संक्रमित


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना गरी जम्मा ८८५ जना संक्रमित थपिएका छन् ।

यसअघि विहीबार (हिजो) काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना गरी जम्मा ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४३ हजार ८२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ ।

 

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ४ : २९ बजे

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी