टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा, बुकिङ खुला | Khabarhub Khabarhub

टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा, बुकिङ खुला


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज नेपाली बजारमा सार्वजनिक गरेको छ ।

सिप्रदीले टाटा अल्ट्रोज डिजिटल प्रबिधिमार्फत बिहीबार नेपाली बजारमा सार्वजनिक गरेको हो ।

गाडी सार्वजनिक कार्यक्रममा टाटा मोटर्सका प्यासेन्जर भेइकल इन्टरनेशनल बिजनेस हेड सुजन रोयले प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम गरी बजार विस्तारमा सहयोग पुर्‍याउनेमा आफू विश्वस्त रहेको बताए ।

यस्तै सिप्रदी ट्रेडिङ प्रालीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपाली बजारमा प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोज सार्वजनिक हुनुले प्यासेन्जर गाडीको नयाँ जेनेरेसन थप भएको बताए ।

यसैबीच सिप्रदी ट्रेडिङ प्रालीले टाटा अल्ट्रोजको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेर बिहीबारदेखि नेपालभरिका सबै डिलरमार्फत गाडीको बुकिङ पनि खुला गरेको छ ।

प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यही वर्षको सुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ ।

टाटा अल्ट्रोज अल्फा (ब्रीँब्) (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको एकमात्र पहिलो गाडी रहेको कम्पनीकाे दाबी छ । यसमा स्ट्राइकिङ डिजाइन, वाइड एरे अफ इण्डस्ट्रिज–फर्स्ट, ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ डाइनामिक्स र उत्कृष्ट प्रविधि रहेका छन् ।

यसैगरी टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याकमा जडित १ दशमलव २ लिटरको रेभोट्रन इन्जिनले ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्दछ । यसमा रहेको मल्टिड्राइभ (सिटी र इको) मोडले स्पोर्टी ड्राइभिङ डाइनामिक्स र इन्धन खपतको प्रभावकारितालाई सन्तुलन कायम गर्दछ । साथै यस सेग्मेन्टमै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्री डिजाइन खुला र फराकिलो छ ।

टाटा अल्ट्रोजमा आइडल स्टपरस्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हिडन डोर्स ह्यान्डल लगायतका विशेषता छन् । प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा एबीएस, ईबीडी, सीएससी र डुअल एअर ब्यागहरु छन् ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  २ : २० बजे

विद्युतीय सामग्रीको व्यापार घट्यो

चितवन– नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने

माटोले घर लिपपोत गरी संस्कृति जोगाउन गाउँपालिकाको अनुरोध

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी परम्परागत

बालेनसामु वडाध्यक्षले भने, ‘सिंहदरबार जल्दा रमिते बन्यौँ, पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरले लिनुपर्छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा सिंहदरबार जलेको विषय

एमाले बैठकमा ठाकुर गैरेले भने- यही बैठकबाट नेतृत्व हस्तान्तरण गरेर जाऊँ

काठमाडौं– पूर्व सांसद तथा केन्द्रीय सदस्य ठाकुर गैरेले एमालेको बैठकमा

मनै लोभ्याउने अस्ट्रेलियन बेस क्याम्प (तस्बिरहरू)

काठमाडौं– कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने अस्ट्रेलियन बेस क्याम्प छोटो