भक्तपुरमा गुर्जोको बिरुवा निशुल्क वितरण « Khabarhub

भक्तपुरमा गुर्जोको बिरुवा निशुल्क वितरण


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोग प्रतिरोधी क्षमता बढाउने तथा विभिन्न रोगको औषधिका रुपमा उपयोगी मानिएको गुर्जोको बिरुवा भक्तपुरमा निशुल्क वितरण थालिएको छ ।

सांसद महेश बस्नेतले गुण्डुका ५६० घरलाई बिरुवा वितरण गर्दै सुरु गरेको सो अभियान आज सूर्यविनायक चोकमा पुगेको छ ।

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् वडा नं ८ का वडाध्यक्ष किरण थापा, वडा ६ का वडाध्यक्ष रामेश्वर ध्वजू र गुर्जो अभियान्ता तथा सरकारका उपसचिव कमलबहादुर राजलवटले ५०० जनालाई बिरुवा वितरण गरे ।

गुर्जोको फाइदा तथा समस्याको बारेमा जानकारी दिँदै पाँच वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती महिलाले प्रयोग गुर्जोको सेवन गर्न नहुने साथै रक्तचाप कम भएकाले विरे नुनको प्रयोग गरेर मात्र खानु पर्ने कार्यक्रममा जानकारी दिइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ६ : ४३ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर