अनसनको पाँचौ दिन : डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिँदै, अस्पताल जान मानेनन् « Khabarhub

अनसनको पाँचौ दिन : डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिँदै, अस्पताल जान मानेनन्


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द्र केशी ५ दिनअघि देखि जुम्लामा अनसन बसिरहेका छन् ।

१९ औं अनसनको ५ औं दिन शुक्रबारदेखि डा केसीको स्वास्थ्य अवस्था बिग्रिन थालेको डा केसीका सहयोगीहरुले बताएका छन् ।

उनका सहयोगीले डाक्टर केसीको पछिल्लो स्वास्थ्य अवस्थाबारे एक विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

डा केसीलाई कमजोरी, चक्कर लाग्ने, मुटुको चाल बढ्न थालेको, मांसपेसी बाउडिने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, पिसाबको मात्रामा कमी आएको र प्रेसर कम हुँदै गएको जनाइएको छ ।

उनी अनसनमा बसेपछि डाक्टर प्रवीणकुमार गिरी, डाक्टर अनुप मंगल समाल र सनिना थापा लगायतले डा केसीको स्वास्थ्य जाँच गरिरहेको छ ।

डा केसीको रगतमा चीनीको न्यून भइ प्रमूख अंगहरुमा जटिल समस्या देखिन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा रहेको स्वास्थ्य निगरानीमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

५ दिनदेखि विभिन्न माग राख्दै अनसनरत डा केसीले रगत परीक्षण गर्न नमानेको र नशाबाट सलाईन लिन तथा अस्पताल जान नमानेको उनको सहयोगीहरुले बताएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ६ : ५० बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को