नेटवर्किङ व्यवसायबाट हुने ठगीप्रति सचेत रहन आग्रह « Khabarhub

नेटवर्किङ व्यवसायबाट हुने ठगीप्रति सचेत रहन आग्रह


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गतको वैदेशिक व्यापार नियमन शाखाले नेटवर्किङ व्यवसायबाट हुने ठगीप्रति सचेत रहन आग्रह गरेको छ ।

विभागले आज सूचना जारी गर्दै नेपालमा नेटवर्किङ व्यवसायमा सामेल गराइ ठगी गरेको उजुरी तथा गुनासो आएसँगै यसप्रति गम्भीर ध्यान्याकर्षण भएको जनाएको हो ।

शाखाका निर्देशक शिवराज सेढाइँद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ- ‘वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) ऐन २०७४ ले तथा नियमावली २०७६ ले पिरामिडमा आधारित सञ्जालयुक्त व्यवसाय गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ ।’

केही नेपाली कम्पनी तथा व्यक्तिहरु र विदेशी समेतले वस्तुको प्रत्यक्ष विक्रीका नाममा गैरकानूनी रुपले नेटवर्किङ शैलीमा व्यवसाय गरेर नेपाल तथा विदेशमा रहेका नेपालीलाईसमेत आवद्ध गरी ठगी गरेको तथा पुँजी पलाययन गरेको गुनासो आएको विभागले जनाएको छ ।

विभागले उजरीका आधारमा केही त्यस्ता व्यक्ति तथा कम्पनीमाथि अनुसन्धान, जाँचबुझ तथा छानविन जारी राखेको समेत जनाएको छ ।

यस्ता गैरकानूनी व्यवसाय गरे / गराएमा  १० लाखसम्म जरिवाना वा ५ वर्ष कैद वा दुबै सजाय हुने सक्ने कानूनमा व्यवस्था छ ।

विभागद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ७ : ३७ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल