नेटवर्किङ व्यवसायबाट हुने ठगीप्रति सचेत रहन आग्रह | Khabarhub Khabarhub

नेटवर्किङ व्यवसायबाट हुने ठगीप्रति सचेत रहन आग्रह


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गतको वैदेशिक व्यापार नियमन शाखाले नेटवर्किङ व्यवसायबाट हुने ठगीप्रति सचेत रहन आग्रह गरेको छ ।

विभागले आज सूचना जारी गर्दै नेपालमा नेटवर्किङ व्यवसायमा सामेल गराइ ठगी गरेको उजुरी तथा गुनासो आएसँगै यसप्रति गम्भीर ध्यान्याकर्षण भएको जनाएको हो ।

शाखाका निर्देशक शिवराज सेढाइँद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ- ‘वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) ऐन २०७४ ले तथा नियमावली २०७६ ले पिरामिडमा आधारित सञ्जालयुक्त व्यवसाय गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ ।’

केही नेपाली कम्पनी तथा व्यक्तिहरु र विदेशी समेतले वस्तुको प्रत्यक्ष विक्रीका नाममा गैरकानूनी रुपले नेटवर्किङ शैलीमा व्यवसाय गरेर नेपाल तथा विदेशमा रहेका नेपालीलाईसमेत आवद्ध गरी ठगी गरेको तथा पुँजी पलाययन गरेको गुनासो आएको विभागले जनाएको छ ।

विभागले उजरीका आधारमा केही त्यस्ता व्यक्ति तथा कम्पनीमाथि अनुसन्धान, जाँचबुझ तथा छानविन जारी राखेको समेत जनाएको छ ।

यस्ता गैरकानूनी व्यवसाय गरे / गराएमा  १० लाखसम्म जरिवाना वा ५ वर्ष कैद वा दुबै सजाय हुने सक्ने कानूनमा व्यवस्था छ ।

विभागद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ७ : ३७ बजे

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी